Trending
>>   शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल >>   संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी >>   कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा >>   पृथ्वी राजमार्गको गलौंदी खण्डमा अवरुद्ध सडक खुलाउन प्रयास जारी >>   बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने >>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

समाचार


६७ हजार भक्तजनले गरे अमरनाथमा पूजाअर्चना

२२ असार, एजेन्सी । बितेका पाँच दिनमा पजुलाई १ मा यात्रा सुरु भएदेखि कूल ६७ हजार पाँच सय ६६ भक्तले अमरनाथको पूजार्चना गरेका छन् । राज्य सरकारले बुधबार जारी गरेको विज्ञप्तिअनुसार बुधबार साँझसम्ममा ती तीर्थयात्रीले अमरनाथ गुफाको दर्शन तथा पूजार्चना गरेका हुन् । राज्यका सबै सुरक्षा निकायले यात्रीको सुरक्षालाई उच्च प्राथमिकतामा

विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु, ८ जना घाइते

२२ असार, एजेन्सी । बेलायतको एक विद्यालयमा कारको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको र अन्य बालबालिकासहित आठजना घाइते भएका छन् । दक्षिणपश्चिम लण्डनको प्राथमिक विद्यालयको भवनमा बिहीबार कार ठोक्किँदा उक्त विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा उनीसहित सात बालबालिका र दुई वयस्क गरी घाइते भएका

दुर्घटना रोक्न राजमार्गमा तारबार गर्ने भारतीय योजना

२२ असार, एजेन्सी । भारतको सङ्घीय सरकारले गाईगोरुलाई सडक पार गर्न नदिन र घातक दुर्घटना हुन नदिन देशका राजमार्गहरूमा कडा तारबार लगाउने योजना बनाएको अधिकारीहरूले बिहीबार बताएका छन् । भारतका सङ्घीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले उक्त घोषणा गरेका हुन् । मन्त्रीका अनुसार १.२० मिटर अग्लो तारबार लगाइनेछ र

बर्सेनि घट्दै रोपाइँको क्षेत्रफल

२२ असार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१

अभिनेता सारुक ताम्राकार घरमै झुण्डिएको अवस्थामा मृत फेला

२२ असार, काठमाडाैँ । फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए

आजको मौसम : भारी वर्षाको सम्भावना

२२ असार ,काठमाडौँ । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मण्डनदेउपुर नगरपालिकाले सम्पदा र धर्ममा चोट पुराएको पुरातत्त्व विभागको ठहर

२२ असार ,काभ्रे । काभ्रेपलान्चोकका स्थानीय तहहरुमा रहेका सम्पदा अनधिकृतरुपमा मास्न थालेपछि पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनु’ भन्दै पुरातत्व विभागलाई प्रतिवेदन बुझाएका छन् । स्थानीय सरकारलाई सम्पदाको महत्व बुझाउनु पर्ने जनाउँदै प्राचीन संरक्षण ऐन २०१३, सम्पदासम्बन्धी वर्तमान ऐन तथा कानुनका बारेमा स्थानीय सरकारलाई पनि

स्वास्थ्य मन्त्री बस्नेतद्वारा भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवन उदघाटन

२२ असार ,सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको प्रशासकिय भवनको एक सहमारोबिच बिहीबार उदघाटन गरेका छन् । प्रशासकिय भवन उदघाटनका लागि मन्त्री बस्नेत बिहीबार गृह जिल्ला सिन्धुपाल्चोक पुगेका हुन । गाउँपालिका भवन उद्घाटन गर्दै मन्त्री बस्नेतले चिनसँग नाका जोडिएको गाउँपालिका भएकाले यसको ठूलो व्यवारिक महत्व

हुलाकी सडक सुस्त गतिमा

२२ असार ,महेन्द्रनगर । कञ्चनपुरमा ६२ किलोमिटर हुलाकी सडक निर्माणमा निर्माण कम्पनीको बेवास्ताका कारण ठेक्काको पाँचौ पटक थपिएको म्याद सकिन लाग्दा पनि सडक पूरा हुन सकेको छैन् । तीस महिनामा सक्नुपर्ने हुलाकी सडकको निर्माण कञ्चनपुरमा साढे छ वर्ष बितिसक्दा ६२ मध्ये २३ दशमलव पाँच किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ

भारतको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन

२२ असार ,काठमाडौँ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ । परियोजनाअन्तर्गत दैलेखमा निर्माण गरिएका तीन वटा विद्यालय भवन हिजो भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्तकुमार सोना र जिल्ला समन्वय समिति, दैलेखका प्रमुख नमराज शाहीले संयुक्तरूपमा उद्घाटन गरेका हुन्

सम्वन्धित समाचारहरु