काठमाडौँ। नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्यौदा १, एमाले अध्यक्ष के पी ओली दुई वर्ष प्रधानमन्त्री, कांग्रेस सभापति शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीनपटकसम्म भएको बैठकले नयाँ सत्ता समीकरणको सम्भावना बढेर गएको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्वीकार्न तयार भएको र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा
काठमाडौ। महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय RAMADHANI SIMBA MWABUMBA र ५६ वर्षीय TWALIB KIPEVU PASHUA रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सुनको मूल्य दुई सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार २०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२
काठमाडौँ। सुनको मूर्ति भन्दै नक्कली मूर्ति देखाएर ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौँ जिल्ला प्रहरी परिसरको टोलीले ५ जना पक्राउ गरेको छ। भारत उडिसाको ४० वर्षीय कलाकार दास र ५ जना नेपालीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार दासले आफूसँग सुनको मूर्ति छ भन्दै प्रलोभन देखाएर ३० लाख रुपैयाँमा विक्री
काठमाडौँ । देशभर बिहीबारसम्म मनसुन थप सक्रिय हुने भएको छ । मनसुन न्यूनचापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो । जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग/सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो । यही
काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको काभ्रेपलान्चोकमा रहेको जग्गा किनबेचमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोक लगाउन मालपोत कार्यालय काभ्रेलाई पत्राचार गरेको छ । हदबन्दी छुट पाएको जग्गा बिक्री गरेर अनियमितता गर्न खोजेको भन्दै सीआईबीले पतञ्जलीको जग्गाका विषयमा अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्ता साझेदारीका विषयमा छलफल भएका समाचार सार्वजनिक बाहिरिएको अबस्थामा प्रचण्ड र ओलीबीच लगातार भएको भेटलाई अर्थपूर्ण रुपमा मानिएको
काठमाडौँ । सरकारले कोरोना भाइरसको कोरोनाविरुद्ध खोप ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप आइतवार कतार एयरवेजमार्फत ल्याएको हो । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आज ४६ हजार ८० हजार मात्रा खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष र सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८१ बमोजिम दरखास्त आह्वान गरिएको जनाएको छ । समितिले आइतबार सूचना जारी गर्दै इच्छुक योग्य उम्मेदवारले