Trending
>>   शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै शुरु भयो शहीद सप्ताह >>   सरकार जसको बनेपनि नेपालको वैदेशिक सहायता नीति एउटै बनाउनुपर्छः महामन्त्री थापा >>   एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा >>   बढ्न थाल्यो देशभरको तापक्रम >>   आज मिति २०८१ साल माघ १० गते बिहिबार,हेर्नुहोस आजको राशिफल >>   कमजोर बन्दै रवि लामिछानेको मुद्दा: बलियो प्रमाण भएकाे भनिएको रुपन्देहीमा अदालतले थुन्नै मानेन ! >>   कानुन व्यवसायी र परिवारको जिम्मामा रवि , बिहीबार थुनछेक बहस हुने >>   क्यानडामा नेपाली चेलीमाथि दाजु र उनका दुई साथीद्वारा बेहोसीको औषधि मिसाएर ६ घण्टा बलात्कार ! >>   एक्कासी के भयाे प्रधानमन्त्री ओलीलाई? >>   प्रधानमन्त्री ओली अस्वस्थ,निर्धारित कार्यक्रम स्थगित !
Logo
१० माघ २०८१, बिहीबार
१० माघ २०८१, बिहीबार

समाचार


बैंक तथा वित्तीय संस्था सङ्घर्ष समितिको आन्दोलन फिर्ता

३० फागुन ,काठमाडौँ । चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्रीसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । मङ्गलबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल

अध्यक्षको चिठ्ठी आतंक सच्याउन नेविसंघ काठमाडौँको एक हप्ते अल्टिमेटम, विरोधमा आत्मदाहसम्मकाे चेतावनी

३० फागुन, काठमाडाैँ । काठमाडौँ लगायत विभिन्न जिल्लामा नेविसंघ अध्यक्षले चिठ्ठी आतंक मचाएकाे भन्दै नेविसंघ काठमाडौले सच्याउन आज पत्रकार समेलन गरेर एकहप्ते अल्टिमेटम दिएकाे छ । म्याद सकिएकाे अध्यक्षकाे समय थप्न नहुने भन्दै जिल्लाहरुमा वितरण गरिएकाे पत्र खारेज गर्नुपर्ने माग पूरा नभय रिलेअनसन, आमरण अनसन, आत्मदाहसम्मकाे कडा विरोधका कार्यक्रम गर्ने

चौध ठेकेदारलाई कारबाहीको तयारी गर्दै भरतपुर महानगर

३० फागुन, चितवन। भरतपुर महानगरपालिकाभित्र विकास निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने १४ ठेकेदारलाई कारबाहीको तयारी गरेको छ । महानगरपालिका भित्रका विभिन्न विकास निर्माणका जिम्मा लिएर काम सुरु नगर्ने, अलपत्र छाड्ने र काममा ढिलासुस्ती गर्ने उनीहरुलाई कारबाहीको प्रक्रिया सुरु गरिएको हो । महानगरपालिकाका इन्जिनियर सन्तोष आचार्यका अनुसार महानगरले यस वर्ष दुईवटा

अष्टलक्ष्मीले जित्ने सम्भावना छः एमाले अध्यक्ष ओली

३० फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरिसकेको बताए । उक्त कार्यक्रम शाक्यलाई जिताउन आयोजित प्रशिक्षण रहेको थियो । सो कार्यक्रममा ओलीले भने,

अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता

३० फागुन, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ । अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य

विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्न ‘खेतबारीमा विद्यार्थी’

३० फागुन, गलेश्वर । शिरानमा गाउँ, पुछारमा जंगल, बीचमा तीनवटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा

सभामुख घिमिरेले लिए नेपाली श्रमिकको अवस्थाबारे जानकारी

३० फागुन, काठमाडाैँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् । मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् । अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

३० फागुन, काठमाडाैँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहणसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेको यहाँस्थित जापानी राजदूताबासले जनाएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्रतालाई

सुधारियो नेप्से, १ अर्ब १३ करोड ५९ लाख बढीको कारोबार

३० फागुन, काठमाडाैँ । यो साता कारोबारको पहिलो दुई दिन लगातार उच्च अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एक दशमलव ८५ अङ्कले बढेर एक हजार नौ सय ५३ दशमलव ०६ अङ्कमा कायम भएको छ । आज दुई सय ५५

प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग बन्छ : प्रधानमन्त्री प्रचण्ड

३० फागुन, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका

सम्वन्धित समाचारहरु