Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सभामुख घिमिरेले लिए नेपाली श्रमिकको अवस्थाबारे जानकारी


३० फागुन, काठमाडाैँ । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयु)को १४६औँं महासभामा भाग लिन बहराइन पुगेका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन् ।

मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारी लगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुझेका हुन् ।

अधिकारीहरुले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौँमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा समेत राखेका थिए ।

सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धिलगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेताहरु रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत उपस्थित थिए । छ दिने भ्रमण सम्पन्न गरी सभामुख नेतृत्वको नौ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार स्वदेश फर्कंदैछ ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?