Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

अष्टलक्ष्मीले जित्ने सम्भावना छः एमाले अध्यक्ष ओली


३० फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरिसकेको बताए । उक्त कार्यक्रम शाक्यलाई जिताउन आयोजित प्रशिक्षण रहेको थियो ।

सो कार्यक्रममा ओलीले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरू छन्, अहिले सबै कारणहरूको चर्चा गर्नुहुँदैन भत्किन सक्छ । सम्भावनाको खोजी अन्तिम बेलासम्म गर्ने हो ।’

उनले १० दलीय गठबन्धनभित्र अनेक समस्या रहेको बताए ।

त्यस्तै, उनले  सो गठबन्धन फेरी महिलाको अधिकार हरण गर्न लागेको बताउँदै भने, ‘१० वटा टाउको एकै ठाउँमा रावणको हुन्छ । १० टाउके रावण । अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखेको छु ।’


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?