Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

अष्टलक्ष्मीले जित्ने सम्भावना छः एमाले अध्यक्ष ओली


३० फागुन, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् ।

मंगलबार एक कार्यक्रममा बोल्दै ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग गरिसकेको बताए । उक्त कार्यक्रम शाक्यलाई जिताउन आयोजित प्रशिक्षण रहेको थियो ।

सो कार्यक्रममा ओलीले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरू छन्, अहिले सबै कारणहरूको चर्चा गर्नुहुँदैन भत्किन सक्छ । सम्भावनाको खोजी अन्तिम बेलासम्म गर्ने हो ।’

उनले १० दलीय गठबन्धनभित्र अनेक समस्या रहेको बताए ।

त्यस्तै, उनले  सो गठबन्धन फेरी महिलाको अधिकार हरण गर्न लागेको बताउँदै भने, ‘१० वटा टाउको एकै ठाउँमा रावणको हुन्छ । १० टाउके रावण । अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखेको छु ।’


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?