Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अध्यक्षको चिठ्ठी आतंक सच्याउन नेविसंघ काठमाडौँको एक हप्ते अल्टिमेटम, विरोधमा आत्मदाहसम्मकाे चेतावनी


३० फागुन, काठमाडाैँ । काठमाडौँ लगायत विभिन्न जिल्लामा नेविसंघ अध्यक्षले चिठ्ठी आतंक मचाएकाे भन्दै नेविसंघ काठमाडौले सच्याउन आज पत्रकार समेलन गरेर एकहप्ते अल्टिमेटम दिएकाे छ । म्याद सकिएकाे अध्यक्षकाे समय थप्न नहुने भन्दै जिल्लाहरुमा वितरण गरिएकाे पत्र खारेज गर्नुपर्ने माग पूरा नभय रिलेअनसन, आमरण अनसन, आत्मदाहसम्मकाे कडा विरोधका कार्यक्रम गर्ने नेताहरुले बताएका छन् ।

त्यस्तै, उनिहरुले यस अघि नै नेविसंघ केन्द्रीय कार्यलय र काठमाडौ कांग्रेस कार्यलयमा तालाबन्दी गरिसकेका छन् । आफ्नो मागप्रति गम्भीर बन्न कांग्रेस नेतृत्वलाई आग्रह गर्दै यसबाट उत्पन्न हुने जुनसुकै परिणाम काे जिम्मेवार लिन समेत आग्रह गरेका छन् । स्ववियु निर्वाचनको टिकट वितरणमा पारदर्शिता नभएको आरोप समेत उनीहरूले लगाएका छन् ।

आज  रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यार्थी नेताहरुले विधान विपरित टिकट वितरण भएको बताए ।

कार्यक्रममा नेविसंघ काठमाडौं जिल्ला सचिव उज्वल बज्राचार्यले स्ववियु निर्वाचनको टिकट वितरणमा र जिल्लाकाे पत्र आतंकका विरुद्ध देशभर विरोध गर्ने चेतावनी दिए । ‘केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले जसरी पत्र वितरण गरेका छन् । हामी त्यसको देशभरबाट विरोध गछौं,’ उनले भने ।

नेविसंघका नेता जोनिस क्षेत्रीले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको बताए । नेविसंघको पृष्ठभूमि नै थाहा नभएकालाई स्ववियु र जिल्ला निर्वाचनमा टिकट पत्र वितरण भइरहेको उनको आरोप छ । शेर्पाको यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा काठमाडौं जिल्ला समितिका कार्यवाहक अध्यक्ष जीवन श्रेष्ठ, नेविसंघका पूर्व केन्द्रीय सदस्य प्रेम शाही नेविसंघ काठमाडौं जिल्ला समितिका उपाध्यक्ष बविन गुरुङ, फोर्सका केन्द्रीय अध्यक्ष अमन भुसाल, लगायतले केन्द्रीय अध्यक्ष शेर्पाले नेविसंघभित्रका इमानदार विद्यार्थी नेताहरुमाथि अन्याय गरेको आरोप लगाए । उनीहरुले केन्द्रबाट नेविसंघको पृष्ठभूमि नै थाहा नभएकालाई पत्र वितरण भइरहेको आरोप लगाउँदै यस्तो कार्य निन्दनीय र आपत्तिजनक रहेको बताए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?