Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता


३० फागुन, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गरे ।

उनले नेपाली जनताको स्वास्थ्यसम्बन्धी आवश्यकता सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकामा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय कार्यालयको प्रशंसा गरेका थिए ।

यसैगरी उनले २०७२ सालको भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीका कारण नेपालले स्वास्थ्य सङ्कट बेहोर्नु परेको कठिन समयमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि र स्वास्थ्य सरोकारका विषयमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा जनप्रतिनिधि परिचालन सम्बन्धमा भएका कार्यको प्रशंसा गर्दै विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले आगामी दिनमा पनि नेपाललाई सक्दो सहयोग गर्ने बताएका थिए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?