Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

अध्यक्ष तिमिल्सिनासँग डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा सिंहको भेटवार्ता


३० फागुन, काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दक्षिण पूर्व एशिया क्षेत्रका क्षेत्रीय निर्देशक डा पुनम क्षेत्रपाल सिंहबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दक्षिण पूर्व एसियाका सदस्य राष्ट्रलाई सहयोग गर्ने क्षेत्रीय निर्देशकको प्रतिबद्धता र जोखिममा रहेका मानिसको स्वास्थ्य अवस्था सुधार सम्बन्धमा गरेको कामको सराहना गरे ।

उनले नेपाली जनताको स्वास्थ्यसम्बन्धी आवश्यकता सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकामा विश्व स्वास्थ्य सङ्गठन क्षेत्रीय कार्यालयको प्रशंसा गरेका थिए ।

यसैगरी उनले २०७२ सालको भूकम्प र त्यसपछिको कोभिड–१९ महामारीका कारण नेपालले स्वास्थ्य सङ्कट बेहोर्नु परेको कठिन समयमा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उपलब्ध गराएको सहायताका लागि धन्यवाद व्यक्त गरे ।

भेटमा क्षेत्रीय निर्देशक सिंहले नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धि र स्वास्थ्य सरोकारका विषयमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा जनप्रतिनिधि परिचालन सम्बन्धमा भएका कार्यको प्रशंसा गर्दै विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय कार्यालयले आगामी दिनमा पनि नेपाललाई सक्दो सहयोग गर्ने बताएका थिए ।


प्रकाशित मिति: ३० फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?