५ चैत्र, काठमाडाैँ । मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी एवं बज्रेश्वरी जात्रा सुरु भएको छ । आर्यघाट जाने बाटोस्थित वत्सलेश्वरी मन्दिर परिसरबाट सुरु भएको जात्रा पशुपति क्षेत्रका सबै टोलमा घुमाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोष अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलले राससलाई जानकारी दिए । चैत्र
५ चैत्र, लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सङ्घीयताको सात वर्षको अनुभव उपलब्धिमूलक भएको बताएका छन् । मिडियासँग कुरा गर्दै मुख्यमन्त्री गिरीले प्राप्त उपलब्धिको संरक्षण गर्दै थप उपलब्धिका लागि प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले भने, “यो सात वर्षमा गरेको अभ्यासको अनुभवले हामी यहाँसम्म आइपुग्यौँ । यी
५ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म कै महँगो भएको छ । साताको पहिलो दिन तोलामा २ हजार ९०० रूपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो । अहिले नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ । त्यसैगरी,
५ चैत्र, काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक बस्ने भएको छ । पार्टीका महामन्त्री एवम् प्रवक्ता डा मुकुल ढकालले समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न अहिले पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा संयुक्त बैठक बस्न लागेको जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (सोमबार) प्रतिनिधिसभामा विश्वासको मत
५ चैत्र, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गरेका छन् । ‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए । “हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने
५ चैत्र, एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले संसद्मा मतदान बिना नै अलोकप्रिय निबृत्तिभरण (पेन्सन) सुधारको घोषणा गरेपछि फ्रान्सले शनिबार संसद अगाडि प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ । म्याक्रोँको सरकारले बिहीबार कार्यकारी अधिकार प्रयोग गरी उक्त विवादास्पद विधेयक पारित गर्न आदेश जारी गरेपछि देशका अन्य भागमा भने शान्तिपूर्ण जुलुस निकालिएको छ
५ चैत्र, सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बर्सेनि सवारी दुर्घटना बढ्दै गएको छ । यसबाट ठूलो जनधनको क्षति हुने गरेको छ । ट्राफिक प्रहरीले आफ्नो सक्रियता बढाएको भनी दाबी गरे पनि प्रदेशका नौवटै जिल्लामा सवारी दुर्घटनामा भने कमी आउन सकेको छैन । गत तीन वर्षयता यहाँ एक हजार दुई सय ४६ सवारी
५ चैत्र, कञ्चनपुर । भीमदत्त नगरपालिकाले दुई राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही रु एक लाख ५१ हजार नगद उपलब्ध गराउने भएको छ । क्रिकेट खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई नगरपालिकाले पुरुस्कृत गर्ने भएको हो । दुवै खेलाडी नगरपालिकाका स्थायी बासिन्दा हुन् । हालै काठमाडौँमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम
५ चैत्र, गण्डकी । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिए। “चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन्”, उनले
५ चैत्र, सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकको अध्यक्षपदमा नवराज पौडल चयन भएका छन् । शनिबार सम्पन्न जिल्ला अधिवेशनले सात पदाधिकारीसहित ८५ सदस्यीय कमिटी चयन गरेको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य रामभक्त दनुवारले जानकारी दिए । उहाँका अनुसार जिल्ला उपाध्यक्षमा छिरिङग्याल्बु लामा र अनिता लामा, सचिवमा दीपक नेपाल, उपसचिवमा कुमारराज