५ चैत्र, काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्म कै महँगो भएको छ । साताको पहिलो दिन तोलामा २ हजार ९०० रूपैयाँले बढेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो ।
अहिले नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जानकारी दिएको छ ।
त्यसैगरी, चाँदी भने प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी शुक्रबारको तुलनामा ३५ रूपैयाँ महँगिएको संघले जानकारी दिएको छ ।
प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार