Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

क्रिमिया भ्रमणमा पुगे राष्ट्रपति पुटिन


५ चैत्र, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गरेका छन् ।

‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए ।

“हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले,” रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भने । पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिने उनले बताए ।

“तर भ्लादिमिर भ्लादिमिरोभिच पुटिन कुनै पूर्वघोषित कार्यक्रम विना नै अकस्मात आँफै गाडी चलाएरै क्रिमिया पुग्नुभएको थियो । क्रिमियाका लागि ऐतिहासिक मानिएको यो दिनमा राष्ट्रपति सधैं सेवस्तोपोल र सेवस्तोपोलका जनताको साथमा रहँदै आएको रज्भोजायेवले बताए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?