Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

क्रिमिया भ्रमणमा पुगे राष्ट्रपति पुटिन


५ चैत्र, एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबाट क्रिमियाली टापूलाई एकीकरण गरेको नवौं वर्षगाँठको अवसरमा शनिबार क्रिमियाको भ्रमण गरेका छन् ।

‘ब्ल्याक सी’को बन्दरगाह शहर सेवस्तोपोलको आकस्मिक भ्रमणका क्रममा पुटिनले स्थानीय गभर्नर मिखाइल रज्वोझायेभको साथमा क्रिमियाली कला विद्यालयको अवलोकन गरेका थिए ।

“हाम्रा राष्ट्रपति भ्लादिमिर भ्लादिमिर पुटिनलाई आश्चर्यचकित पार्ने तरिका थाहा छ । राम्रो तरिकाले,” रज्भोजायेवले रूसी सामाजिक सञ्जाल टेलिग्राममार्फत् भने । पुटिनले भिडियो लिङ्कमार्फत बाल कला विद्यालयको उद्घाटनमा भाग लिने उनले बताए ।

“तर भ्लादिमिर भ्लादिमिरोभिच पुटिन कुनै पूर्वघोषित कार्यक्रम विना नै अकस्मात आँफै गाडी चलाएरै क्रिमिया पुग्नुभएको थियो । क्रिमियाका लागि ऐतिहासिक मानिएको यो दिनमा राष्ट्रपति सधैं सेवस्तोपोल र सेवस्तोपोलका जनताको साथमा रहँदै आएको रज्भोजायेवले बताए ।


प्रकाशित मिति: ५ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?