Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बुटवलमा रविको थुनछेक बहस लम्ब्याउनुकाे रहस्य यस्ताे ! यसरी लागेकाे छ सरकार


बुटवल । सुप्रिम सहकारीको बचत अपचलनमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस तीन दिनमा पनि नसकिएपछि आइतबार थप सुनुवाइ हुने भएको छ। लामिछाने बुधबार अदालतमा उपस्थित भएकोमा सो दिन बयान तथा बिहीबार र शुक्रबार बहस भएको थियो ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। बहस नसकिएपछि अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको छ ।

अब आइतबार सो मुद्दामा थप बहस हुनेछ। शुक्रबार लामिछानेका तर्फबाट बहस भएको थियो। प्रतिवादीको बहस सकिएपछि सरकारी पक्षको जवाफी बहस हुनेछ। त्यसपछि अदालतले थुनछेक आदेश दिनेछ।

लामिछानेको मुद्दामा बहस गर्न उच्च सरकारी वकिल कार्यालयबाट समेत सरकारी वकिलहरू खटाइएको छ।जिबी राईको समूहले सञ्चालन गरेको सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा पैसा गएको र लामिछानेसमेत गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएको आधारमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?