Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२१ आश्विन २०८३, बुधबार
२१ आश्विन २०८३, बुधबार

बुटवलमा रविको थुनछेक बहस लम्ब्याउनुकाे रहस्य यस्ताे ! यसरी लागेकाे छ सरकार


बुटवल । सुप्रिम सहकारीको बचत अपचलनमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस तीन दिनमा पनि नसकिएपछि आइतबार थप सुनुवाइ हुने भएको छ। लामिछाने बुधबार अदालतमा उपस्थित भएकोमा सो दिन बयान तथा बिहीबार र शुक्रबार बहस भएको थियो ।

बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा रहेको जिल्ला अदालत, रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए। बहस नसकिएपछि अदालतले लामिछानेलाई परिवारको जिम्मा लगाएको छ ।

अब आइतबार सो मुद्दामा थप बहस हुनेछ। शुक्रबार लामिछानेका तर्फबाट बहस भएको थियो। प्रतिवादीको बहस सकिएपछि सरकारी पक्षको जवाफी बहस हुनेछ। त्यसपछि अदालतले थुनछेक आदेश दिनेछ।

लामिछानेको मुद्दामा बहस गर्न उच्च सरकारी वकिल कार्यालयबाट समेत सरकारी वकिलहरू खटाइएको छ।जिबी राईको समूहले सञ्चालन गरेको सुप्रिम सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा पैसा गएको र लामिछानेसमेत गोर्खा मिडियाको तत्कालीन सञ्चालक भएको आधारमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो।


प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?