वरिष्ठ पत्रकार मनिन्द्रलाल श्रेष्ठको निधन भएको छ । लामो समयदेखि क्यान्सरको उपचारमा रहनुभएका श्रेष्ठको काठमाडौँको पेप्सीकोलास्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो । पाल्पाको वसन्तपुरमा जन्म भई राष्ट्रिय समाचार समिति (रासस)मा रही मुलुकको पत्रकारिता क्षेत्रमा करिब तीन दशक सेवा गर्नुभएका ७९ वर्षीय श्रेष्ठका श्रीमती, तीन छोरी र एक छोरा
बेनी, १५ पुस (रासस) : धवलागिरि गाउँपालिका–३ मुनामा गाउँपालिकाको कार्यालय सञ्चालन भएपछि स्थानीयवासी निकै उत्साहित बने । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलोपटक पाँच वर्षअघि भएको स्थानीय तह निर्वाचनबाट चुनिएर आएका जनप्रतिनिधिले धवलागिरिमा विवादित रहेको केन्द्रको टुङ्गो गाउँसभामार्फत मुनाको घट्टेखोलामा कायम गरे । तत्कालीन मुना गाउँ विकास समितिको भवनमा थप भौतिक
गमगढी–बालै सडक दुई महिनापछि सञ्चालनमा आएको छ । असोजको तेस्रो साता परेको वर्षासँगै विभिन्न ठाउँमा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको थियो । छायाँनाथ रारा नगरपालिकाको पहलमा सडकमा खसेको पहिरो र ढुङ्गा पन्छाएपछि सडक सञ्चालनमा आएको हो । लामो समयसम्म सडक बन्द हुँदा छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तु
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वर्षौँ विदेशमा पसिना बगाएर परिवारलाई उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न माग गरेको छ । नेपाल बाहिर प्रवासमा अवस्थित गैरआवासीय नेपालीले घर फर्किँदा एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नियम प्रवासी नेपाली श्रमिकको हित विपरीतको भएको उल्लेख
सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ
चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन् । अधिकांश विद्यालयमा अत्यधिक चिसोका कारण विद्यार्थी सङ्ख्या ह्वात्तै बढेको छ । तीन दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर मुटु कमाउने सिरेटो लगातार बहिरहेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ । मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका
जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वल्र्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो । अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडामा सञ्चालनमा रहेको भाटभटेनी सुपरमार्केटले उपभोक्तालाई बिलबिजकमा गलत विवरण समावेश गरको आरोपमा रु दुई लाख ५० हजार जरिवाना गरेको आज जनाएको छ । कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी
नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताउनुभएको हो । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि यही
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको नाम परिवर्तन गरिएको छ । समितिको गत मङ्सिर २९ गतेको बैठकको निर्णयानुसार नाम परिवर्तन गरिएको अध्यक्ष काशीराज दाहालले राससलाई जानकारी दिनुभयो । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम नेपाल सरकारबाट समस्याग्रस्त घोषित संस्थाहरूको सम्पत्ति व्यवस्थापन तथा दायित्व