Trending
>>   एमालेले विधान संशोधन नगर्ने, १५ पदाधिकारी र २५१ जनाको केन्द्रिय कमिटी रहने >>   ७६ हजार १७० पिस ट्रामाडोल लागुऔषधसहित वीरगञ्जबाट ४ जना पक्राउ >>   आम नागरिकलाई सुशासनको अनुभुति हुनेगरी काम गर्नेछुः नवनियुक्त श्रममन्त्री भण्डारी >>   एमाले महाधिवेशन प्रतिनिधिहरु सूर्यअंकित रातो ढाका टोपीमा सजिए >>   राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा >>   लैङ्गिक हिंसा न्युनिकरणको लागि एकीकृत कानून निर्माणको तयारीमा सरकार >>   निर्वाचन निर्वाध सम्पन्न गरी अहिलेको अवस्थालाई सहज निकास दिन आवश्यकः राष्ट्रपति >>   साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्दछः ओली >>   सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक >>   आफ्नो वरिपरिकालाई मात्रै नेतृत्वका लागि योग्य ठान्ने ओली प्रवृत्ति अन्त्य गर्न चाहन्छौँः सुरेन्द्र पाण्डे
Logo
२६ मंसिर २०८२, शुक्रबार
२६ मंसिर २०८२, शुक्रबार

सहिदका नाममा खोलिएका शिक्षालयप्रति पूर्वाग्रही हुन नहुने


१७ असार, लुम्बिनी । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले सहिदका नाममा खोलिएका शिक्षालय तथा विद्यालयलाई राजनीतिक पूर्वाग्रहले नहेरी सबैप्रति समान दृष्टिकोण राख्नुपर्ने बताएका छन् ।

दाङको घोराहीस्थित सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयको आज अवलोकन गर्दै उनले सहिदका नाममा खोलिएका यस्ता शिक्षालयलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिए । मन्त्री मास्कीले सहिद कृष्णसेन स्मृति बहुप्राविधिक शिक्षालयलाई अहिले प्रदेश सरकारले रु २० लाख उपलब्ध गराएको र आगामी दिनमा पनि आवश्यक बजेटको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।

सहिदका नाममा खोलिएको उक्त शिक्षालयमा हाल डिप्लोमा तथा अन्य गरी १२ वटा प्राविधिक विषयको अध्यापन भइरहेको छ । त्यसक्रममा शिक्षालय प्रमुख अच्युतराज दाहालले शिक्षालयमा आवश्यक पूर्वाधार निर्माण भएकाले त्यसलाई सजावटका लागि बजेट आवश्यक रहेको बताए ।

कृष्णसेनका नामबाट खोलिएको यो शिक्षालय नमुना शिक्षालय रहेको सहायक प्रमुख केशरमान विसीले बताए । उनका अनुसार विसं २०७५ देखि उक्त शिक्षालय सञ्चालनमा आएको हो । हाल सो शिक्षालयमा विभिन्न विषयमा तीन सय आठ विद्यार्थीले अध्यापन गरिरहेका छन् । हाल वन विज्ञान, फुड एण्ड डेरीलगायतका विषय अध्यापन भइरहेका छन् ।


प्रकाशित मिति: १७ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?