२०८१ साल माघ ०५ गते शनिबार (18 JAN,2025) माघ कृष्णपक्ष पञ्चमी दिनरात मेष – आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । बृष – व्यापार व्यावसायमा
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र बनाउँदा नागरिकका महत्वपूर्ण व्यक्तिगत विवरण सुरक्षित राख्ने जिम्मा सरकारले लिएको बताएका छन् । शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र बनउँदा सरकारले नागरिकको व्यक्तिगत विवरण दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सर्भर र नेटवर्कसहित
मुकुल ढकाल रास्वपा विपक्षि हो , तर सरकारको मात्र विपक्षि होइन , काङ्ग्रेस-एमाले-माओवादी र यिनीहरूबाट टुटेफुटेका सबै दलको विपक्षि हो । No Not Again. पूरानालाई बोकेर कतै पुगिन्न । दुइ दुइ पटक सरकारमा गएर गरेको गल्ती, विपक्षि गठबन्धनमा सहभागी हुनु पनि त्यहि गल्तिको निरन्तरता हो । नो नट अगेन भनेर
काठमाडौं । बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि अदालतबाहिर हातपात गरिएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ परेका ललित केसी नामका व्यक्ति दोलखाका हुन् । रास्वपा सहकोषाध्यक्ष दीपक बोहराले निज व्यक्ति नेपाली कांग्रेसका कार्यकर्ता रहेको सूचना पार्टीमा आएको बताए । उनले भने, ‘मलाई पनि दोलखाबाट फोन आइरहेको छ
काठमाडौँ। मधेस प्रदेश सरकारले शहीदहरुको स्मरणमा शनिवार एक लाख दीप प्रज्वलन गर्ने भएको छ । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलन गरी मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले यस्तो जानकारी दिएका हुन् । एक लाख दीप प्रज्वलन जानकी मन्दिरमा शनिवास साँझ हुने बताए । शहीदहरुको स्मरणमा मधेस प्रदेश सरकारले शुक्रवार
काठमाडौँ। टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको पाँचौं संस्करण माघको दोस्रो सातादेखि पोखरामा शुरु हुने भएको छ । टाइगर गुप्र अफ पोखराको आयोजनामा माघ १२ देखि १९ गतेसम्म महिला र पुरुष भलिबल च्याम्पियनसिप हुने भएको हो । महिला र पुरुष दुवैमा समान एक विदेशी टोलीले प्रतिष्पर्धा गर्ने भएका छन्
काठमाडौँ। नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौँ संस्करण शुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रा.लि. फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्ट्स प्रा.लि. र इटीएसआइपीएलको संयुक्त आयोजनामा उक्त प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको हो । १० औँ संस्करणको नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी नेपाल सरकारका
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । शुक्रवार काठमाडौंमा विपक्षी दलहरुको पत्रकार सम्मेलनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले जनतालाई सुशासन, रोजगारी दिन र उत्पादन बढाउन अहिलेको सरकारले नसकेको र सरकार असफल भएको भन्दै सरकारका क्रियाकलापहरु पनि सन्तोषजनक नरहेको बताए । उनले
एजेन्सी। इटालीको सार्वजनिक ऋण नोभेम्बर २०२४ मा पहिलो पटक ३ हजार अर्ब युरो (३ हजार ८७ अर्ब अमेरिकी डलर) नाघेको छ । बैंककाअनुसार नोभेम्बरमा देशको सार्वजनिक ऋण २४ अर्ब युरोले बढेर ३ हजार ५.२ अर्ब युरोको रेकर्ड उच्चतम स्तरमा पुगेको छ । यो वृद्धि उच्च खर्चका कारण भएको हो ।
काठमाडौँ । चर्चित गायिका मेलिना राईले आज (शुक्रबार) उनका प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा विवाह गर्न लागेकी हुन् । दिउँसो १ बजेदेखि सुरु हुने विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त, गायक गायिकाको अलवा फिल्मकर्मी पनि सहभागी हुनेछन् । विवाह समारोह स्थलको सजावट बिहीबार नै गरिएको छ