Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

समाचार


सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

५ ,पुष ,काठमाडौँ । नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा हिजो भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ ।

रैथाने बालीसँगै परिकारको प्रवर्द्धन गर्दै पोखरा महानगरपालिका

५ ,पुष ,गण्डकी । “मलाई काठको दाबिलो प्रयोग गरेर कोदाको ढिडोसँगै रोटी र पुवा बनाएको भन्दा अरु केही थाहा थिएन तर अहिले यसबाट धेरै परिकार बन्दा रहेछन् भन्ने प्रत्यक्ष देख्ने र अनुुभव गर्न पाएँ”, पोखरा महानगरपालिका वडा नं २३ पञ्चासेका किसान टङ्कनाथ बस्ताकोटीले भने । पोखरा महानगरपालिकाको आयोजना एवं मलबेरी

चौबीस महिना ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

५ ,पुष ,म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नं ९ गलेश्वर जोड्ने बेनी–गलेश्वर खण्डको कालोपत्र गर्ने आयोजना लक्ष्यभन्दा एक वर्षअघि सकिएको हो । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत ठेक्का

पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट

५ ,पुष ,वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्याैट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्याैट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद

हात्ती धपाउन रातभर जाग्राम

५ ,पुष ,बेदकोट (कञ्चनपुर) । खेतभर हात्तीका डोबैडोब छन् । ठाउँठाउँमा आगो बालेको खरानीको थुप्रो छ। टुसाउन लागेको गहुँबाली कुल्चिएको छ । खेतको किनारमा लहरै प्लाष्टिक झुण्ड्याइएका छन् । हात्ती धपाउन स्थानीयले अपनाएको यो जुक्तिले काम गरेको छैन । भीमदत्त नगरपालिका–१९ बागफाँटाका स्थानीय अँध्यारो हुनेबित्तिकै हात्ती धपाउन खेतमा व्यस्त हुन्छन्

‘जग्गासम्बन्धी कार्यविधि २०८०’ कार्यान्वयन नगर्न माग

५ ,पुष ,सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो । कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु, नौ घाइते

५ ,पुष ,जाजरकोट । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको वडा नं १० परिकोटको भित्री सडकस्थित च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आठबीसकोट–८ स्थित घर्तीगाउँ जाँदै गरेकोे रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा भूकम्पपीडितका लागि अस्थायी टहरा निर्माण गर्न जस्तापाता रहेको

पूर्व–पश्चिम राजमार्ग मर्मतको काम सुरु

५ ,पुष ,कञ्चनपुर । कञ्चनपुर–कैलालीअन्तर्गत पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । सडकमा परेका खाल्डाखुल्डी मर्मत (पुर्न)का लागि ठेक्कामार्फत सो काम अगाडि बढाइएको हो । राजमार्गको कैलाली र कञ्चनपुरमा सडकलाई दुई खण्डमा विभाजन गरी कार्य अगाडि बढाइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारीका तारानाथ सिग्देलले बताउनुभयो । उहाँका अनुसार

लागुऔषधसहित पक्राउ

४ ,पुष ,तनहुँ । इलाका प्रहरी कार्यालय आँबुखैरनीले एक सय पञ्चानब्बे थान लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले डाइजेपाम, फेनेरागन र नुफिन गरी ६५ एम्पु लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन रत्ननगर नगरपालिका–३ निवासी ३६ वर्षीय कृष्णबहादुर लोप्चनलाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।

राजस्व सङ्कलनसम्बन्धी विधेयक सर्वसम्मतले पारित

४ ,पुष ,विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले कोशी प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’’ सर्वसम्मतले पारित गरेको छ । सो विधेयक आर्थिक मामिला तथा योजनामन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले सदनमा पेश गफेका थिए । विधेयकका सम्बन्धमा सदस्य अधिकारीले उठाउनुभएको प्रश्नको जवाफमा

सम्वन्धित समाचारहरु