Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

कतार एएफसी एसियन कपको क्वाटरफाइनलमा


काठमाडौं। घरेलु टोली कतार एएफसी एसियन कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार राति प्यालेस्टाइनविरुद्ध २-१ गोलको पुनरागमन जित निकाल्दै आयोजक राष्ट्र तथा डिफेन्डिङ च्याम्पियन कतारले अन्तिम ८ मा स्थान पक्का गरेको हो ।

त्यस्तै, कतार १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्न सफल भयो । ओडे दब्बाघले ३७ औं मिनेटमा गोल गर्दै प्यालेस्टाइनलाई अग्रता दिलाएका थिए । प्यालेस्टाइनका मोहम्मद सालेहले एल्मोएज अलीलाई फल गरेपछि कतारले पेनाल्टी प्रहार गर्ने अवसर पाएको थियो । उक्त अवसरलाई सदुपयोग गर्दै अकरम अफीफले ४९ औं मिनेटमा गोल गरेपछि कतारले २-१ गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफको अतिरिक्त छैटौं मिनेटमा कतारले बराबरी गरेको थियो भने कतारका हसन अल हाइड्सले गोल गर्दै घरेलु टोलीलाई १/१ को बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट थप गोल नहुँदा अन्ततः कतार नै २-१ गोलको जितका साथ अन्तिम ८ मा पुग्न सफल भयो ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?