Trending
>>   आचारसंहिता उल्लंघनमा निर्वाचन आयोगको मौनताप्रति एमालेको आपत्ति >>   सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर त्रास सिर्जना गर्‍यो, फागुन २१ मै चुनाव हुनुपर्छः एमाले >>   उद्योग वाणिज्य महासंघको अग्रसरतामा १० अर्बको कम्पनी खडा गरेका छौँः ढकाल >>   निर्वाचन सुरक्षा समितिको बैठक जारीः रौतहट र वीरगञ्जको झडपपछि सुरक्षा व्यवस्था थप मजबुत पारिँदै >>   उत्पादनमुखी अर्थतन्त्र निर्माण मेरो मुख्य एजेण्डा होः वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकाल >>   संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की >>   अमेरिकी सेना सिरियाको कासरक आधारबाट फिर्ता हुँदै >>   आईजिन निर्देशिका कार्यान्वयनमा ‘अदृश्य शक्ति’ को अवरोध : सीडीएससी >>   मतदान सकिएको २४ घण्टाभित्रै मतपरिणाम सार्वजनिक गर्छौंः रामप्रसाद भण्डारी >>   ‘डबल आईएसआईएन’ ले पुँजी बजारमा विकृति ल्यायो, एकीकृत बजार सिद्धान्त अपनाउनुपर्छः कमलेश अग्रवाल
Logo
१२ फाल्गुन २०८२, मंगलवार
१२ फाल्गुन २०८२, मंगलवार

खुनुवादेखि रसुवागढीसम्म जोडेर नयाँ पदमार्ग


काठमाडौं। नेपालको दक्षिण क्षेत्र भारत नाकाबाट उत्तरी क्षेत्र चीन नाका जोडेर नयाँ पदमार्ग निर्माण गरिएको छ । लामो समयदेखि नेपालको पर्यटन प्रवर्द्धनमा लागेको अर्थवाउण्ड एक्सपिडीसनले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको हो ।

एक्सपिडीसनले सोमबार साँझ पत्रकार सम्मेलन गरी नेपालको तराईबाट हिमाली क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिएको जानकारी दिएको हो । त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै एक्सपिडीसनका अध्यक्ष राजन सिंखडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिएका छन् ।

त्यस्तै, कपिलवस्तुको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभञ्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली, बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुञ्जे, मेगाङ, साल्मे, गोङ्गा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे हुँदै रसुवागढीस्थित केरुङ नाका पर्दछ ।

समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ भने नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत थिए । त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै अमेरिकी हाइकर माइकले नेपालमा धेरै घुम्न लायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए । उक्त पदमार्ग चार सय ४० किलोमिटरको भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिंखडाले बताएका छन् ।

त्यसैगरी, नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिंखडाको भनाइ रहेको छ । धादिङमा जन्मेर काठमाडौंमा आएर विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिंखडाले ‘योगा टुरिजम’लाई समेत अगाडि बढाएका छन् ।


प्रकाशित मिति: १६ माघ २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?