काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ। यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने सुझाव दिएको हो। अहिलेको व्यवस्थाअनुसार लिखितमा पास भएपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्छ।
भरतपुर । रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं को बस गए राति सडक छेउमा रोकिराखेको प्र २ ०३–००१ ख ७३१२ नं को ट्रकसित चितवनमा ठोक्किएको हो । दुर्घटनामा परेर २० जना घाइते भएका छन् ।घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मस्यौदा कमिटीले आफ्नो प्रतिवेदन पेश गरेको हो । उक्त प्रस्तावमाथि सदस्यहरूले बोल्ने क्रम जारी छ । आगामी फागुन १ गतेदेखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप
काठमाडौ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।महाशाखाका अनुसार पहाडी भूभागमा आंशिक बदली रही तराईका केही स्थानमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी,
काठमाडौं । आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायको नयाँ वर्षको रुपमा लिइने सोनाम ल्होसार आज धुमधामसँग मनाइँदै छ। यो दिनलाई तामाङ समुदायले परम्परागत रुपमा सांस्कृतिक महत्त्वका साथ मनाउने गर्छन्। आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिबारे चार जना पूर्वउपकुलपतिहरूले आफ्ना भनाइ राखेका छन्। शुक्रबार पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नवीनजंग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्ना भनाइ राखेका हुन्। उनीहरूले त्रिभुवन विश्वविद्यालयमा दलगत राजनीतिबाट अत्यधिक अतिक्रमण हुने गरेको भन्दै त्यसबाट प्राज्ञिक कार्यक्रमहरू प्रभावित भइरहेका गुनासाहरू निरन्तर आइरहेको
काठमाडाैं । नेपालमा मुस्लिम महिला तबस्मुन सिद्दिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट पिएचडी गरेकी छिन् । उनी यससँगै संस्कृतमा पिएचडी गर्ने पहिलाे मुस्लिम महिला हुन् । नेपालगञ्ज घर भएकी तबस्सुम सिद्धिकीले नेपालमा संस्कृतमा पहिलो पटक पिएचडी गरेकी हुन्। सिद्धिकीले नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृतमा विद्यावारिधि (पिएचडी) गरेकी हुन्।
काठमाडाैं । भ्यालेन्टाइनमा चुराेटकाे लत छाड्न चाहनुहुन्छ? त्यसाे भए डाक्टर ओम मुर्ती अनिलकाे एउटा अफर मान्नुस । उनले याे गुगल फर्म भरेर भेट्न मिल्ने व्यवस्था गरेका छन् । यसका लागि बसुन्धरामा बिशेष कार्यक्रममा गरी आफ्नो लत त्यागेर सहभागी हुन सक्नुहुनेछ । उनले यसबारे जानकारी दिँदै भनेका छनः त्याग गर्नेहरु बुद्धिमान
काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् ।रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन समारोहमा पारसले मैत्रीपूर्ण खेलमा टी-२० विश्वकप टोलीको नेतृत्व गर्दै खेल्ने भएका हुन ।
काठमाडौं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सर्वोच्च अदालतको निर्देशात्मक आदेशबमोजिम विदेशमा रहेका नेपाली मतदाताको मताधिकार सुनिश्चित गर्न आयोग तत्पर रहेकोे बताएका छन्। उक्त अदालतले २०७४ चैत ७ गते उक्त आदेश दिएको थियो । संसदमा रहेका राजनीतिक दलसँग आज आयोगमा भएको परामर्श बैठकमा प्रमुख आयुक्त थपलियाले उक्त सवालसमेतलाई सम्बोधन गरी निर्वाचन