काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले फेसबुकमार्फत नेपाली
काठमाडौं । नेपालको डिष्ट्रिक्ट ३२५ जे लायन्स वर्ष सुरु भएको १८ दिनमा सबैभन्दा धेरै क्लब खोल्न सफल भएको छ ।लायन्स इन्टरनेसनलले तोकेको जुलाई १८ तारिखको साँझ ५ बजेसम्मको समयसीमा भित्र ३२५ जे १७ वटा क्लब चार्टर गरेको हो । डिष्ट्रिक्ट ३२५ जे ले २६ वटा क्लब खोल्ने प्रतिबद्धता जनाएको थियो
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः । गुरुः साक्षात् परंब्रह्म तस्मै श्रीगुरवे नमः ।। अर्थात गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान शंकर हुन् । गुरु नै हुन् साक्षात परब्रह्मा, यस्ता गुरुलाई म हार्दिक नमस्कार गर्दछु ।संसारमा गुरु शब्दलाई ओजस्वी शब्दको रूपमा लिइन्छ । गुरु महिमाको वर्णन
काठमाडौं । उच्च अदालत पाटनले घटनाको दिन पीडित १८ वर्ष पुगेको र क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अकाट्य प्रमाण नभेटिएको भन्दै उनीमाथिको बलात्कारको आरोप ठहर हुन नसक्ने व्याख्या गरेको छ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पाटनले घटना भएको दिन पीडित गौशाला–२६ को उमेर १८
काठमाडौं । परराष्ट्र मन्त्रालयले बंगलादेशमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको बताएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ढाकास्थित नेपाली दूतावासकै सहयोगमा त्यहाँका सबै विद्यार्थी सुरक्षित रहेको बताएको हो । विद्यार्थीको थप सहजताका लागि निरन्तर प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।बैठक आइतबारका लागि बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ । बैठक आइतबार मध्याह्न १२ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ । बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।
कतार । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीलाई साथ नलिने सर्तमा कांग्रेस-एमालेको सरकार बनेको बताएका छन् ।कतारको दोहामा भएको प्रवासी मञ्चको सातौं अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले नयाँ गठबन्धनको सहमतिको खुलासा गरेका हुन् । पोखरेलले राजनीतिक स्थायित्वको लागि कांग्रेस-एमाले सरकार बनेको दाबी गरे । २० सिटेलाई प्रधानमन्त्री बन्ने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया
काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितबारे छलफल भएको थियो । भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमा समेत छलफल भएको
काठमाडाैं । गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले शिष्टाचार भेटघाट गर्नुभएको छ । गृहमन्त्री लेखककाे सचिवालयका अनुसार गृह मन्त्रालयमा भेट भएकाे हाे।