काठमाडौं। आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको अन्तिम दिन । यही असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन हुँदै छ । साथै आज औँसी श्राद्ध पनि गरिन्छ । पितृपक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपियाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपियाँ ३६
काठमाडौँ । काठमाडौँबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबिचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले बुधबार र बिहीबार मुलुकको विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको बताएको छ । तर अविरल वर्षाको सम्भावना नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको महाशाखाको भनाइ छ । मौसम शाखाको मौसमविद् गोविन्द झाले कोशी प्रदेशका केही स्थानमा, बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका केही
काठमाडौं । संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक आज बस्दैछ । आज दिउँसो १ बजे सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने बैठकमा प्रधानन्यायाधीश र प्रस्तावित राजदूतहरूको सुनुवाइका विषयमा छलफल हुनेछ । समितिले आज सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका लागि सिफारिस प्रकाशमानसिंह राउतको सुनुवाइ गर्नेछ । जसका लागि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले आफूविरुद्ध ५ अर्ब खान लागेको भन्ने गलत प्रचार गरेको बताएका छन् । मंगलवार आफूले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले त्यो समयमा एमाले सरकारमा भएपनि निर्णय गर्ने ठाउँमा नभएको भन्दै धितोपत्र बोर्डको
काठमाडौँ । मनसुनजन्य विपद्बाट २१ जिल्ला बढी प्रभावित भएको छन् । काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्ग, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला अति प्रभावित भएका जिल्लाहरु रहेको सरकारले जनाएको हो । मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पत्रकार सम्मेलनमा सरकारको तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले हालसम्म २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको रकम फिर्ता गराउन सरकार गम्भीर रहेको बताएका छन् । मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले सरकार सहकारी पीडितहरुको रकम फिर्ता गराउन प्रतिवद्ध रहेको बताउदै उनले सहकारी पीडितको पीडा सरकारले सुन्ने र डुबेको रकम फिर्ता गर्ने बताएका छन् । उनले सहकारीको रकम
काठमाडौँ । कर्णाली एसभिसले मंगलवार गण्डकी थन्डर्समाथि रोमाञ्चक जित निकाल्दै जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुदमा परिषद् (राखेप) कभर्डहलमा कर्णाली एसभिसले उत्कृष्ट पुनरागमन गर्दै गण्डकीमाथि ३–२ को जितसँगै लिगमा दोस्रो सफलता प्राप्त गरेको हो । गण्डकी थन्डर्सले सेटमा अग्रता जोगाउन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् । मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन बोल्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही