काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शंकरदेव क्याम्पसमा रिक्त क्याम्पस प्रमुख पदका लागी क्याम्पस प्रमुख छनौट समितिले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम बमोजिम सात दिनभित्र आवेदन दिन आग्रह गरेको छ । आवश्यक कागजातहरू र आशयपत्र सक्कलप्रति (हार्डकपी) शिक्षाध्यक्षको कार्यालयमा सिलबन्दी गरी बुझाउन समेत आग्रह गरिएको
काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्त्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माणसमेत
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अजरबैजान प्रस्थान गर्ने भएका छन् । यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक
काठमाडौं। देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै
तनहुँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले तमु विद्यार्थी छोंज धींको आजदेखि दमौलीमा सुरु भएको बाह्रौँ महाधिवेशनको उद्घाटन गदै उनले भाषा लोप भए संस्कृति पनि लोप हुने भएकाले भाषा, संस्कृतिको संरक्षण घरबाटै हुनुपर्ने बताएका छन् । मन्त्री गुरुङले घरबाटै आफ्नो भाषामा बोल्ने संस्कृतिको विकास गर्नसकेमा भाषाको संरक्षणमा योगदान पुग्ने
हेटौँडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गरेर मात्रै राजनीतिबाट विश्राम लिने उनले दाबी गरेका छन् । मकवानपुरको थाहा नगरपालिकामा शनिवार आयोजित योंग कम्युनिष्ट लिग (वाइसिएल) को दोस्रो नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर
बागदाद (इराक)। इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुदानीले नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गर्दै मध्यपूर्वमा “युद्ध अन्त्यका लागि काम गर्ने आग्रह गर्नु भएको छ । गाजा र लेबनानमा इजरायलको युद्धको बिचमा, सुदानीलाई इरान समर्थित राजनीतिक गुटहरूको बहुमतले प्रधानमन्त्री नियुक्त गरेको थियो । फोन वार्तामा इराकी प्रधानमन्त्री –सुदानीले ट्रम्पको
काठमाडौं। गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ घर भएका ३६ वर्षीय दिपक लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत ११ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख २३ हजार रूपैयाँ, कौडा १६ थान र ३ बुक तास सहित
काठमाडौं। इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औँल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्ण रूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुङ्गाईले शुक्रबार बताएका छन् । उहाँले गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औँल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी
जेनेभा । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले इजरायल र गाजामा सन् २०२३ अक्टोबर ७ बाट बाहिर आएको डरलाग्दो वास्तविकताको विवरण दिने एक प्रतिवेदन प्रकाशित गरेको छ । प्रतिवेदनका अनुसार हालसम्म मृत्युमध्ये झन्डै ७० प्रतिशत बालबालिका र महिलाहरू रहेका छन् । यसमध्ये करिब ८० प्रतिशतको मृत्यु आवासीय भवनमा भएको थियो, जसमा