Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
८ फाल्गुन २०८२, शुक्रबार
८ फाल्गुन २०८२, शुक्रबार

एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी


काठमाडौँ। विराटनगर ब्यान्डिट्सले शनिवार धनगढी वाइल्ड क्याटलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी शुरुवात गरेको छ ।

लिगको दोस्रो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याटमाथि ४६–३४ को स्कोरमा जित निकाल्दै एनकेएलमा विजयी शुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी एनकेएलमा यो दोस्रो खेल हो । यसअघि शुक्रवार भएको उद्घाटन खेलमा काठमाण्डु माभरिक्सले पोखरा लेकर्समाथि ४२–४१ रोमाञ्चक जित निकालेको थियो । कल्याण भुजेलको कप्तानीमा रहेको विराटनगरले पनि सुखद् शुरुआत गरेको छ । विराटनगर शुरुदेखि नै धनगढीमाथि हाबी भयो । पहिलो हाफ विराटनगरको पक्षमा २४–१६ ले रह्यो । रेडबाट ११ अंक बटुल्दै विराटनगर हाबी भएको हो ।

यो हाफमा विराटनगर दुई पल्ट अलआउट पनि गर्न सफल भयो । विराटन धनगढीविरुद्ध ट्याकलमा पनि हाबी देखियो । दोस्रो हाफमा धनगढीले सुधार गर्ने प्रयास गरे पनि २२–१८ ले नतिजा सुम्पियो । यसमा पनि विराटनगर रेड र ट्याकलमा अब्बल देखियो । विराटनगरले रेड र ट्याकलबाट समान १० अंक बटुल्यो । जितसँगै विराटनगरले पाँच अंक बटुल्यो । धनगढी भने अंकविहीन रह्यो । काठमाण्डु माभरिक्स पनि पाँच अंकसहित शिर्ष स्थानमा छ । पहिलो खेलमा पराजित भएपनि पोखरा लेकर्सको एक अंक छ । शनिबार दुई खेल रहेको थियो । दोस्रो खेलमा हिमालयन रेडर्स र जनकपुर नाइट्स भिड्दैछन् ।

नेपालमा पहिलोपल्ट शुरु भएको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु, पोखरा, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन् । लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ । थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी र ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुईदेखि ४ जना विदेशी खेलाडी लिएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?