Trending
>>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर >>   प्रक्षेपणको क्रममा कुवेतद्वारा निर्मित रकेट विस्फोट >>   इजरायली सैनिकहरूद्वारा प्यालेस्टिनी पुरुषको हत्या >>   भारतको गोवा नाइटक्लवमा आगलागीमा मृत्यु हुनेको संख्या २५ पुग्यो >>   रुग्ण आयोजना व्यवस्थापनको नाममा त्रास नफैलाउन निर्माण व्यवसायी महासंघको चेतावनी >>   ‘करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै’ >>   मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा >>   प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै >>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

एनकेएलमा विराटनगर ब्यान्डिट्स विजयी


काठमाडौँ। विराटनगर ब्यान्डिट्सले शनिवार धनगढी वाइल्ड क्याटलाई हराउँदै नेपाल कबड्डी लिग (एनकेएल) मा विजयी शुरुवात गरेको छ ।

लिगको दोस्रो खेलमा विराटनगरले धनगढी वाइल्ड क्याटमाथि ४६–३४ को स्कोरमा जित निकाल्दै एनकेएलमा विजयी शुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी एनकेएलमा यो दोस्रो खेल हो । यसअघि शुक्रवार भएको उद्घाटन खेलमा काठमाण्डु माभरिक्सले पोखरा लेकर्समाथि ४२–४१ रोमाञ्चक जित निकालेको थियो । कल्याण भुजेलको कप्तानीमा रहेको विराटनगरले पनि सुखद् शुरुआत गरेको छ । विराटनगर शुरुदेखि नै धनगढीमाथि हाबी भयो । पहिलो हाफ विराटनगरको पक्षमा २४–१६ ले रह्यो । रेडबाट ११ अंक बटुल्दै विराटनगर हाबी भएको हो ।

यो हाफमा विराटनगर दुई पल्ट अलआउट पनि गर्न सफल भयो । विराटन धनगढीविरुद्ध ट्याकलमा पनि हाबी देखियो । दोस्रो हाफमा धनगढीले सुधार गर्ने प्रयास गरे पनि २२–१८ ले नतिजा सुम्पियो । यसमा पनि विराटनगर रेड र ट्याकलमा अब्बल देखियो । विराटनगरले रेड र ट्याकलबाट समान १० अंक बटुल्यो । जितसँगै विराटनगरले पाँच अंक बटुल्यो । धनगढी भने अंकविहीन रह्यो । काठमाण्डु माभरिक्स पनि पाँच अंकसहित शिर्ष स्थानमा छ । पहिलो खेलमा पराजित भएपनि पोखरा लेकर्सको एक अंक छ । शनिबार दुई खेल रहेको थियो । दोस्रो खेलमा हिमालयन रेडर्स र जनकपुर नाइट्स भिड्दैछन् ।

नेपालमा पहिलोपल्ट शुरु भएको कबड्डीको फ्रेन्चाइज लिगमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु, पोखरा, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्दैछन् । लिगको शीर्ष चार टोलीले प्लेअफमा स्थान बनाउनेछ । थाइल्यान्ड र बंगलादेशको समान ६, केन्या र श्रीलंकाको समान तीन गरी कुल १८ विदेशी र ६६ नेपाली खेलाडीले पहिलो संस्करणको एनकेएल खेल्दैछन् । प्रत्येक टिममा १४ खेलाडी छन् । हरेक टिमले कम्तीमा दुईदेखि ४ जना विदेशी खेलाडी लिएका छन् ।


प्रकाशित मिति: ६ माघ २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?