पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुई दिने तराई-मधेश राष्ट्रिय सम्मेलनले ‘तराई-मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई-मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज आयोजित पत्रकार सम्मेलनमा तराई-मधेशका २१
जनकपुरधाम । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०/८१ मा रु १८ करोड ६२ लाख ८१ हजार मूल्य बराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ । धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको सो कार्यालयले उक्त तीन वटा जिल्लामा आफ्ना २५ डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो ।
काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई आज बिहानै काठमाडौँको सानो भर्याङस्थित द कम्फर्ट अपार्टमेन्टबाट सिआइबीको टोलीले पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा ल्याइ पुर्याइएको छ । सांसद दीपक मनाङेलाई कानुनी प्रक्रिया अनुसार आज मंगलबार नै काठमाडौँ जिल्ला अदालतमा पेश गर्ने तयारी सिआइबीले गरेको छ। मनाङे ज्यान मार्ने
म्याग्दी । मङ्गला गाउँपालिका-५ स्थित चाङ्गाधुरी पर्यटक र पूर्वाधारको पर्खाइमा छ । समुन्द्री सतहबाट दुई हजार ५० मिटर उचाइमा रहेको चाङ्गा प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको थियो । पहाडको शिरमा भिरालो पाखामा रहेको चाङ्गाको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण, गुर्जा, चुरेन, मानापाथी, नीलगिरि र माछापुच्छ्रे हिमालका साथै सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ
भरतपुर । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएर बग्ने राप्ती नदीमा सरसफाइ गरिएको छ । राप्ती नदी तटीय सरसफाइ अभियानले सोमबार भरतपुर महानगरपालिका–२२ स्थित पटिहानीबाट भरतपुर महानगरको अन्तिम बिन्दु गोलाघाटसम्मको नदी किनार सरसफाइ गरिएको हो । नदी किनारमा मानवीय क्रियाकलाप बढ्दै गएपछि चेतना जगाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको राप्ती सरसफाइ अभियानका
सुर्खेत । आफ्नो समुदायको संख्या लगातार घट्दै गएकामा राउटे मुखिया सूर्यनारायण शाही चिन्तित छन् । 'हाम्रा बाजेहरुको पालामा हामी छ/सात सयको संख्यामा थियौँ,' मुखिया शाहीले भने, 'हामी मान्छे त गन्दैनौँ, तर हाम्रो संख्या घटिरहेको छ, अहिले केटाकेटी पनि कम जन्मिन थाले ।' पहिले स्थानीय वन जङ्गलमै उपलब्ध हुने तागतिलो खाना
सिमकोट । हुम्लाका नागरिकलाई बर्सेनि जिल्ला बाहिर जानुपरे जहाजको टिकट पाउन समस्या हुने गरेको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, फोखरा, बुटवललगायत सहर पुग्न समस्या हुने गरेको हो । रोजगारी तथा शिक्षाका लागि जिल्ला बाहिर रहेका नागरिक दसैँ, तिहार मनाएर आफ्नो गन्तव्यमा जान सिमकोट विमानस्थल
काठमाडौँ । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ । आगामी मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि ३२ जना जिल्ला न्यायाधीशहरुलाई मुख्य निर्वाचन अधिकृत पदमा र छ जना राजपत्राङ्कित कर्मचारीहरूलाई निर्वाचन अधिकृतको पदमा नियुक्ति गरिएको छ । [pdf-embedder url="https://accuratekhabar.com/wp-content/uploads/2024/11/निर्वाचन-अधिकृत-नियुक्ति-प्रेस-विज्ञप्ति.pdf"]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल–भारतको सम्बन्ध भौगोलिकसँगै सांस्कृतिक, सामाजिक, शैक्षिकलगायत बहुआयामिका रूपमा प्रगाढ रहँदै आएको बताएका छन् । बागबजारस्थित काठमाडौँ मोडेल कलेजमा सोमबार भएको ‘भारत–नेपाल फ्रेन्डसीप समिट २०२४: ग्लोबलाइजेसन एन्ड सोसियो–इकोनोमिक डेभलोपमेन्ट’ कार्यक्रममा मन्त्री गुरुङले नेपाल र भारतको शैक्षिक सम्बन्ध बलियो हुनसके दुवै देशबिचको