Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

महाकुम्भमा आठ करोडभन्दा बढी दर्शनार्थी सहभागी


प्रयागराज । महाकुम्भ मेलाको आठौं दिन सोमबार दिउँसो २ बजेसम्म ४४ लाख भन्दा बढी भक्तहरूले पवित्र स्नान गरेका छन् । जनवरी २० सम्म सङ्गम त्रिवेणीमा आठ करोडभन्दा बढी तीर्थयात्रीले स्नान गरेको उत्तर प्रदेश सरकारले जनाएको छ । यसअघि सोमबार बिहान ८ बजेसम्म २२ लाखभन्दा बढी तीर्थयात्रीले मेला दर्शन गरेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

यसैबीच, महानिर्देशक (डीजी) अविनाश चन्द्रले आइतबार भएको महाकुम्भ आगलागीको घटनामा भइरहेको अनुसन्धानलाई सम्बोधन गरेका छन् । उनले थप अनुसन्धान गर्ने अख्तियार प्रहरीलाई रहेको र विस्तृत अनुसन्धानपछि यकिन कारण खुल्ने बताए ।

“यो घटनाको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ । स्थानीय प्रहरी अधिकारीहरू यसमा छन् । धेरै हल्ला छन् तर छानबिनपछि सही कारण खुल्नेछ ।”

“अग्नि सुरक्षा व्यवस्थाका सम्बन्धमा चन्द्रले कुम्भमा भइरहेको व्यापक तयारीबारे प्रकाश पार्नुभयो । सम्पूर्ण कुम्भ क्षेत्रमा फायर सेफ्टीलाई इमान्दारीका साथ लिइएको छ ।

एक हजार ३०० भन्दा बढी दमकल तैनाथ गरिएको छ । यसलाई अझै मजबुत बनाउनेछौं ।”

मुख्यमन्त्री योगी आदित्यनाथले आगलागी भएको घटनास्थलको भ्रमण गरी घटनास्थलमा रहेका अधिकारी र अग्निनियन्त्रक टोलीसँग कुराकानी गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गर्दै घटनाको जानकारी लिएका थिए । १३ जनवरीबाट सुरु भएको महाकुम्भ फेब्रुअरी २६ सम्म चल्नेछ ।


प्रकाशित मिति: ७ माघ २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?