Trending
>>   कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने >>   भेनेजुएला विरुद्धको अमेरिकी आक्रामणको चौतर्फी निन्दा र विरोध >>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते
Logo
२२ पुष २०८२, मंगलवार
२२ पुष २०८२, मंगलवार

समाचार


गौशला-२६ भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ

काठमाडौं। सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै फोटो सार्वजनिक गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राई छन् । उनलाई प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै पक्राउ गरी काठमाडौं ल्याएको हो। ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि

खजुराको घिया गाउँमा बन्दैछ ‘होमस्टे’

खजुरा,बाँके। पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ । उक्त गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे बनाउन लागिएको हो । विसं २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले

मेश्रम बराह माविको हीरक जयन्ती मनाइँदै

गण्डकी। कास्कीको अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा विसं २००६ मा स्थापित मेश्रम बराह माध्यमिक विद्यालय स्थापनाको ७५औँ वर्ष पुगेको अवसरमा हीरक जयन्ती मनाउने तयारी गरिएको छ । उक्त माविले आगामी फागुन १५ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक

मुग्लिन–मलेखु सडकको काम एक वर्षमा छ प्रतिशत

चितवन। मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा छ प्रतिशतमात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत यो सडक खण्ड ३९ किलोमिटर पर्दछ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो । सन् २०२२ को डिसेम्बरदेखि काम सुरु गरिएको हो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी

साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे

म्याग्दी। अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट सरकारलाई रु २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । एक्याप जोमसोम शाखाका प्रमुख

जिबी राई र रवि लामिछानेविरुद्ध युवराज सफलले दिए उजुरी

काठमाडौं। ग्यालेक्सी फोर के टेलिभिजनका अध्यक्ष जीवी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी परेको छ । टेलिभिजनका अध्यक्ष राई र तत्कालीन एमडी तथा रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै युवराज पौडेल ‘सफल’ ले उजुरी दर्ता गराएका हुन् । ‘सहकारी ऐनभन्दा

सामाजिक सुरक्षा कोषमा आबद्ध भयो ऐरावती

काठमाडौं। प्युठानको ऐरावती गाउँपालिका पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ । अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको विशेष योजना अन्तर्गत गाउँपालिका योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत कोषमा आबद्ध भएको हो । सामाजिक सुरक्षा कोषका तर्फबाट कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र गाउँपालिकाकाका

चितवन राष्ट्रिय निकुञ्ज : छ महिनामा नौ गैँडा मरे

चितवन। चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको छ महिनामा नौवटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरीसिकारीले मारेको पुष्टि भएको र थप एउटा चोरी सिकारीले मारेको आशंका गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर दुई, आपसमा जुधेर दुई

अभिभावक र विद्यार्थीले छाने उत्कृष्ट शिक्षक

म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङमा रहेको हेम नमूना आवासीय माविमा अभिभावक र विद्यार्थीले उत्कृष्ट शिक्षक छनौट गरेका छन् । त्यस्तै, भेला र विद्यालय व्यवस्थापन समितिको बैठकबाट छनौट भएका उत्कृष्ट चार शिक्षकलाई नगदसहित टीकामाया स्मृति दिवसका अवसरमा आज पुरस्कृत गरिएको हो । यस वर्ष मनिराम थनेत, उमादेवी कडेल, भीमप्रसाद पौडेल र

बालिका बलात्कार प्रकरणः पक्राउ परेकालाई थुनामा राखी अनुसन्धान गर्न अनुमति

मुगु। मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ । त्यस्तै, बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन

सम्वन्धित समाचारहरु