Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

श्रीलंकामा नेपाली अलैंची चर्चा, अर्थतन्त्रमा योगदानबारे बहस


काठमाडौं। श्रीलंकाको कोलम्बोमा सम्पन्न एसिया प्रशान्त क्षेत्रका मुलुकहरू सहभागी रहेको एफएओ एसिया प्रशान्त क्षेत्रीय सम्मेलनमा नेपालमा उत्पादित अलैंचीले अर्थतन्त्रमा पुर्‍याएको योगदानको विषयले स्थान पाएको छ । प्रत्येक दुई वर्षमा आयोजना हुने मन्त्रीस्तरीय सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका ४४ भन्दा बढी कृषिमन्त्री तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

विशेषगरी नेपालको तर्फबाट खाद्य प्रणालीको उपयोग तथा लगानी प्रवर्धनका सम्भावना तथा अवसरका बारेमा राष्ट्रिय सोच प्रस्तुत गरिएको थियो । नेपालले ‘एक मुलुक एक विशेष बाली वस्तु’तर्फ छनौट गरेको अलैंचीको अर्थतन्त्रमा योगदानका विषयमा छलफल भएको थियो भने नेपाली अलैंचीको निर्यातले अर्थतन्त्रमा विशेष योगदान गरेको अवस्थामा त्यसको महत्त्व, उत्पादनको अवस्था, प्रशोधन प्रणाली तथा आन्तरिक तथा वाह्य बजारमा बालीको पहुँचको सम्बन्धमा नेपालको तर्फबाट मन्तव्य प्रस्तुत गरिएको थियो ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकासमन्त्री डा।बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिको टोली कोलम्बोमा पुगेका थिए । उनीहरूले नेपालको तर्फबाट मन्त्रिस्तरीय छलफलको विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन् । त्यस्तै, फागुन महिनाको ७ देखि १० गतेसम्म सञ्चालन भएको ३७औं एसिया प्रशान्त क्षेत्रको सम्मेलनमा खाद्य तथा पोषण सुरक्षाको अवस्था, कृषि खाद्य प्रणालीको अनुकूलित रूपान्तरण, कृषिमा लगानी प्रवर्धन तथा कृषिको आधुनिकीकरण एवं खाद्य वस्तुको उचित प्रयोग, पानीको उचित उपयोग तथा खानेपानी र खाद्य पदार्थ तथा उपलब्ध पानीको क्षतिको न्यूनिकरण जस्ता विषयहरूमा वृहत् छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा आयोजित मन्त्रिस्तरीय विशेष बैठकमा कृषि क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग साथै साना राष्ट्रहरूको कृषि तथा पर्यावरणको विद्यमान अवस्था र भावी कार्यदिशाका बारेमा छलफल गरिएको थियो । आयोजक राष्ट्र श्रीलंकाकातर्फबाट उपस्थित सहभागीहरूलाई स्थलगत भ्रमण कार्यक्रम तय गरिएको थियो ।

उक्त कार्यक्रममा नेपालका विशिष्ट पदाधिकारीहरूलाई श्रीलंकामा संचालित विविध नवीनतम कार्यक्रमहरूको प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिएको थियो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?