बलेवा, बागलुङ। बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप १० हजार अनुदान दिने भएको छ । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोगमार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको हो । यसका लागि नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रस्ताव आह्वान समेत गरेको थियो भने गोरु पाल्ने र
काठमाडौं। जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन तथा महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था साथसाथैले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको हो । विभिन्न क्षेत्रमा
टीकापुर,कैलाली। कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम गर्ने मिल सञ्चालनमा छन् । ती विद्युतीय मिलमा कामदार भने दक्ष अर्थात् तालिमप्राप्त छैनन् । यहाँका मिल व्यवसायीलाई कामदार पाउनसमेत समस्या हुने गरेको उनीहरूको गुनासो छ । त्यसैगरी, कामदारले अनुभवका आधारमा काम गर्छन् । यसरी प्राविधिक ज्ञान नसिकेर काम
काठमाडौं। नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ३३ हजार नमुना परीक्षण गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रयोगशालाले ५ हजार ४ सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमुना परीक्षण गरेको जनाएको छ । सो प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३०
काठमाडाैं । सिन्धुपाल्चोक जिल्लाकाे खाडिचौर तस्विरमा । सिन्धुपाल्चोक जिल्लाका मुख्य राजमार्गमा अरनिको राजमार्ग एक प्रमुख सडकखण्ड हो । सिन्धु विकासमा यस राजमार्गले ठुलो राजनैतिक भूमिका खेलिदै आएको छ । तातोपानी नाका हुँदै नेपाल भित्रीने वस्तुहरु यस राजमार्ग कै माध्यम बाट राजधानी सम्म आइपुग्छ । यस बाहेक दोलालघाट - बन्देउ –
काठमाडौं। इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । बुधबार राति भएको खेलमा इन्टरले एटलान्टलाई ४-० गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा म्याथ्यु डार्मियनले २ गोल गर्दा लाउटारो मार्टिनेज र डेभिड फ्राटेसीले एक एक गोल गरेका थिए । जितसँगै शीर्ष स्थानमा रहेको इन्टर मिलानले तालिकामा २६
काठमाडौं। टी-२० त्रिदेशीय क्रिकेट शृङ्खलाको तेस्रो खेलमा आज नामिबिया र नेदरल्यान्ड्स खेल्दैछन् । त्रिदेशीय शृङ्खलामा नेपालसहित नेदरल्यान्ड्स र नामिबिया रहेका छन्। टी-२० श्रृखलामा नेदरल्यान्ड्स र नामिबिया पहिलो खेल खेल्न लागेका हुन् । यसअघि दुवै देशले नेपालसँग खेलिसकेका छन् । नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने दोस्रो
मन्थली,रामेछाप। विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्याएका सामुदायिक विद्यालयका भौतिक संरचना आकर्षक निर्माण भएका छन् । विद्यालय भवन आकर्षक बने तापनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । रामेछापका ८७ माध्यमिक विद्यालयको नयाँ भवन
काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका सार्वजनिक स्थलहरुको सुन्दरताका लागि भित्ते चित्र लेखन हुने भएको छ । यसका लागि महानगरपालिकाको सार्वजनिक निर्माण विभाग र ललितकला प्रज्ञा प्रतिष्ठानबिच सम्झौता भएको छ । विभागका प्रमुख सुरज शाक्य र प्रतिष्ठानका उप–प्रशासन प्रमुख कमलमणि काफ्लेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताबमोजिम स्वीकृत भएका डिजाइन
म्याग्दी,बेनी। म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ । सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु) ले जनस्वास्थ्यमा गम्भीर असर पार्ने र युवायुवतीलाई कुलतमा लगाउने गरेको निष्कर्ष निकाल्दै नगरपालिकाले बुधबारदेखि हुक्का सेवन र बेचबिखनमा प्रतिबन्ध लगाएको हो । त्यसैगरी, गत माघ २५ गतेको नगर कार्यपालिकाको