४ चैत्र, कैलाली । कैलालीका करिब ६ हजार जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ । यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको हो । यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि
४ चैत्र, मनाङ । हिमाली जिल्ला मनाङको सदरमुकाम चामेका रविन गुरुङ भन्छन्, “चामेमै पढ्न पाइने जतिसम्म पढेँ, यहाँभन्दा माथि पढ्नलाई जिल्ला बाहिर जान सकिँदैन ।” जिल्ला बाहिर गएर पढ्न सक्ने अवस्था नभएको रविन बताउँछन् । “जिल्ला बाहिर जान सकस भयो, इच्छा मात्रै भएर माथिल्लो तहको पढाइ पूरा गर्न नसकिने रहेछ, विकट
४ चैत्र, काठमाडाैँ । काठमाडाैँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा बिचबाटोबाटै फर्काइएको छ । जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्काइएको हो । क्यानले दिएको जानकारी अनुसार बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज सकुशल अवतरण भएको छ। अहिले
४ चैत्र, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पाँच वर्षदेखि बन्द रहेको वायोग्यास प्लान्ट पुनः सञ्चालनका लागि मर्मत सुरु गरेको छ । पाँच वर्षसम्म बन्द रहेको प्लान्टको छ दिनदेखि मर्मतको काम भइरहेको छ । मर्मतको काम सक्न अब एक हप्ता लाग्छ । मर्मत कार्य सकिए पनि सञ्चालनमा ल्याइने योजना रहेको कामपा वातावरण
४ चैत्र, एजेन्सी। इरानले प्रतिबन्धित समूहको सदस्यताका लागि राजनीतिक बन्दीका रूपमा हेरिएका एक कुर्दिश व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिएको अधिकारवादी समूहले बताएका छन् । नर्वेस्थित इरानी मानव अधिकार (आईएचआर) र हेन्गाव अधिकार समूहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै मोहायदीन एब्राहिमीलाई उत्तर–पश्चिमी इरानको उर्मिया जेलमा शुक्रबार बिहान फाँसी दिइएको जनाएको छ । अन्य पाँच
४ चैत्र, एजेन्सी। श्रीलङ्काले विद्यार्थीका लागि ब्याजमुक्त कर्जाका लागि एक करोड ५७ लाख अमेरिकी डलर छुट्याएको छ । श्रीलङ्काको अर्थ मन्त्रालयले शुक्रबार आर्थिक अवस्था कमजोर रहेका पाँच हजार विद्यार्थीका लागि प्रतिव्यक्ति ११ लाख भारतीय रूपैँया (करिब तीन हजार २०० अमेरिकी डलर) ब्याजमुक्त ऋण उपलब्ध गराउने घोषणा गरेको हो । वित्त राज्यमन्त्री
४ चैत्र, काठमाडाैँ । मुलुकको सङ्घीय राजधानीमा रहेको काठमाडौँ महानगरपालिकालाई बस व्यवस्थापनमा सकस परेको छ । देशका अधिकांश जिल्लाबाट यात्रु बोकेर काठमाडौँ आउने सार्वजनिक यातायातलाई व्यवस्थापन गर्नका लागि गोङ्गबुस्थित नयाँबसपार्क र पुरानो बसपार्क सञ्चालनमा आए पनि सार्वजनिक बस बसपार्कभित्र छिर्न नमान्दा बस व्यवस्थापनमा सकस भएको हो । पुरानो बसपार्क भने अहिले
४ चैत्र, काठमाडाैँ । नेपाली नाट्यकर्मी विमल सुवेदीले निर्देशन गरेको हिन्दी नाटक ‘दि डिपार्टेड डाउन’ भारतको प्रतिष्ठित अवार्ड ‘महेन्द्रा एक्सेलेन्सी थिएटर अवार्ड’को चार विधामा मनोनयनमा परेको छ । उहाँकै लेखनसमेत रहेको नाटक उत्कृष्ट निर्देशन, सङ्गीत, नृत्य र लाइटसहित निर्देशन विधामा मनोनयनमा परेको हो । भारतभर मञ्चन हुने नाटकमध्ये उत्कृष्ट नाटकका विभिन्न
४ चैत्र ,वीरगञ्ज । सहरी तथा ग्रामीण क्षेत्रमा छाडा कुकुरको आतङ्क बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले कुकुरको बन्ध्याकरण तथा रेबिज रोगविरुद्धको खोप दिन सुरु गरेको छ । हुलका हुल निस्किने छाडा कुकुरले बाटो हिँड्ने सर्वसाधारणलाई टोक्ने, बाटोमा यातायात आवागमनमा समस्या पुर्याउनुको साथै स्थानीयले पालेका खसीबोका मार्ने क्रम बढ्दै गएपछि महानगरपालिकाले कुकुर
४ चैत्र ,काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच