काठमाडौं। आगामी कोप-२८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ । लाजिम्पाटस्थित होटल र्याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी भएका छन् । त्यस्तै, प्रधानमन्त्रीको नेतृत्वमा सहभागिता हुने तयारी भैरहेको आगामी कोप-२८ मा नेपालका तर्फबाट अर्थपूर्ण सहभागिता बनाउने उद्देश्यले
भोजपुर। भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउ-बिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका छन् । त्यस्तै, बाली लगाए पनि बाँदरबाट बचाउन समस्या भएपछि जमिन बाँझो छाड्न बाध्य भएको किसानको भनाइ रहेको छ । वैकल्पिक बाली लगाउँदासमेत
काठमाडौं। सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब ४१ करोड निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जानकारी दिए । त्यसैगरी जाजरकोट र रुकुम पश्चिमका लागि
काठमाडौं। भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल २ लाख ७ हजार ५२५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन्, तीमध्ये ५ जनाले ११ कित्ता पाएका छन् भने अरु सबैले १० कित्ताका दरले पाएका छन् । त्यसैगरी बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ११ लाख
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै छन् । उक्त छलफल आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा हुनेछ । प्रधानमन्त्री प्रचण्डले यसै विषयमा सोमबार अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल
रसुवा। रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । त्यस्तै, जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई सुन आयात गर्न लागेको अवस्थामा गत आइतबार उत्तरी रसुवाका तीन जना पक्राउ परेका
५ ,मङ्सिर ,जाजरकोट । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह सहभागी थिए । बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण
५ ,मङ्सिर ,जाजरकोट । चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले निधन हो । भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीका अनुसार तीन दिनअघि बिरामी परेकी शिशुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोग/पहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा असर परेको भन्दै प्रतिबन्ध लगाएपछि दूरसञ्चारले उक्त निर्णय कार्यान्वयन गराएको हो । नेपालमा अझै पनि टिकटक प्रयोग भइरहेको हुनसक्ने भन्दै प्राधिकरणले त्यस्तो भेटिए खबर गर्न एक सार्वजनिक सूचना जारी गरेको
तुलसीपुर (दाङ) । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् । उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे