Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२४ माघ २०८२, शनिबार
२४ माघ २०८२, शनिबार

समाचार


ललितपुर महानगरमा ईः को प्रदर्शन, स्थानीयको अवरोध

ललितपुर। अभियन्ता ईः ले पुल्चोकस्थित ललितपुर महानगरपालिकाको प्राङ्गणमा उभिएर प्रदर्शन गर्न लाग्दा स्थानीयले अवरोध गरेका छन् । ईः ले फुटपाथ व्यवसायीलाई हटाउने ललितपुर महानगरपालिकाको निर्णयको विरोध गर्दै मङ्गलवार दिउँसो ३ बजे महानगरपालिकाको प्राङ्गणमा १०८ मिनेट उभिएर प्रदर्शन गर्न लागेका थिए । त्यस्तै, स्थानीयले अवरोध गर्दा ईः समर्थक र स्थानीयबीच केहीबेर

आर्थिक सुधारमा अध्यक्ष ओलीको जोड

टक्सार,भोजपुर। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज अन्नपूर्णमा आयोजित सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्थालाई माथि उठाउनुपर्नेमा जोड दिए। यही मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल

अर्थमन्त्री महतले भने-‘कोरोना बीमाको दाबी शङ्कास्पद देखियो, अनुसन्धान हुँदैछ’

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले सो जानकारी दिएका हुन् । उनले वास्तविक विवरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पारे । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा

सङ्घसँग छिनोफानो गर्न सातै प्रदेशका मुख्यमन्त्री हेटौँडामा भेला हुने

काठमाडाैं। सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सङ्घ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौँडामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक हुने भएको छ । आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्रीहरूको बैठक हुने भएको हो । त्यस्तै, गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को

जलवायु परिवर्तनसम्बन्धी खोज–अनुसन्धान गर्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी जलवायु परिवर्तनसम्बन्धी थप खोज–अनुसन्धान गर्न काठमाडाैं विश्वविद्यालयलाई आग्रह गरेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित विश्वविद्यालयको २९औंँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले स्थानीय समुदायमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, अनुकूलनका स्थानीय तौरतरिका र राहतका उपाय खोजी गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्राज्ञिक अनुसन्धान

कविता प्रतियोगिता आयोजना गर्दै राप्रपा, प्रथमलाई एक लाख पुरस्कार

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ । पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

सडक खोल्न आरक्ष कार्यालयद्वारा सहजीकरण

बलेवा,बागलुङ। ढोरपाटन शिकार आरक्ष भएर बागलुङ, रुकुम पूर्व र म्याग्दी जोडिने विभिन्न सडक सहज तरिकाले निर्माणका लागि सरोकारवालाबीच छलफल थालिएको छ । शिकार आरक्ष हुँदै बागलुङ र छिमेकी जिल्ला जोड्ने सडक जोड्नका लागि स्थानीय तह र शिकार आरक्ष कार्यालयले सहजीकरण गर्ने गरी छलफल सुरु भएको हो । ‘हिमाली राष्ट्रिय निकुञ्ज

कानुन नहुँदा जनचाहनाअनुसार काम गर्न सकिएन: मुख्यमन्त्री पाण्डे

गण्डकी। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकार र कानुन नहुँदा चाहेर पनि काम गर्न नसकिएको बताएका छन् । उक्त प्रदेश विकास समस्या समाधान समितिको आठौँ बैठक एवम् आव २०८०/८१ को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले प्रदेशलाई काम गर्न बनाइएका कानुन कार्यन्वयनका लागि सङ्घीय सरकारले बनाउनुपर्ने

नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो । आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१

राजमार्गका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा जोखिम बढ्यो

कञ्चनपुर। पूर्व–पश्चिम राजमार्ग चौडा गर्ने क्रममा शुक्लाफाँटा नगरपालिका क्षेत्रका बिजुलीका खम्बा व्यवस्थापन नगर्दा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गको झलारी बजार क्षेत्रमै राखिएको दुई सय केभिएको ट्रान्सफर्मर जमिनभन्दा दुई फिट मात्रै माथि रहेको छ भने ट्रान्सफर्मरका तारमा यात्रु, घरपालुवा जनावर वा सवारी साधनले छोए करेन्ट लागेर दुर्घटना हुने सम्भावना

सम्वन्धित समाचारहरु