Trending
>>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा >>   वार्ताबाट पार्टीको समस्या समाधान हुन्छः शशांक कोईराला >>   काँग्रेस विशेष महाधिवेशनः नेतृत्व चयन मंगलवारबाट, महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर सत्तरी प्रतिशत पुर्‍याउने दाबी >>   राइजिङ स्टार यू–१२ क्रिकेट प्रतियोगिता माघ १ गतेदेखि >>   एउटै व्यक्ति दोहोर्‍याएर प्रधानमन्त्री बन्न नपाउने व्यवस्था संविधानमा गर्नुपर्छः विश्वप्रकाश शर्मा >>   सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगाना समूह प्रदर्शनमा >>   विशेष महाधिवेशनलाई संविधान, कानून र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैनः गगन थापा >>   माघ ४ गते राष्ट्रिय सभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

समाचार


सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्‍याउन आग्रह

काठमाडौं। सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषलाई सबै नागरिकसम्म पुर्याउन सरोकार भएकाले आग्रह गरेका छन् । सामाजिक सुरक्षा कोष र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबीच आज भएको औपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा विषयमा अन्तक्रिया कार्यक्रममा सरोकार भएका निकायका अधिकारीले सो आग्रह गरेका हुन् । उक्त कार्यक्रममा श्रम, रोजगार तथा

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्नः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीसँग आज भएको छलफलमा उनले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि

राष्ट्रपति पौडेलसँग आयरल्याण्डको सभाअध्यक्ष बुट्टीमेरको भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग आयरल्याण्डको माथिल्लो सभाका अध्यक्ष जेरी बुट्टीमेरले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा राष्ट्रपति पौडेलले वर्तमान सरकारको प्राथमिकता दिगो आर्थिक विकास भएको र त्यसले लोकतन्त्र, समावेशीकरण एवं सङ्घीयतालाई संस्थागत गर्न योगदान पुर्याउनेमा नेपाली जनता विश्वस्त रहेको बताएका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

भरतपुर। गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुला भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको हो । भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरिएको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

दूधको समयमै भुक्तानी गर्न किसानको माग

भरतपुर,चितवन। चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन् । उनीहरूले सम्बन्धित निकाय समक्ष विभिन्न पाँच बुँदे माग समेत राखेका छन् भने ती मागमा सहुलियत ऋण सुलभ

भीमदत्त-६ का वडाध्यक्ष खड्का मृत भेटिए

महेन्द्रनगर,कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगर प्रवक्ता महेन्द्र खड्का मृतावस्थामा भेटिएका छन् । उक्त जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त -६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी गए राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिएका छन् । ‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

मङ्गलबारे,इलाम। इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक रु एक बचत अभियान सञ्चालन गरेको छ । उक्त गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो । यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि-२०८०’ तयार गरेर विद्यार्थीले अनिवार्यरुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ

क्रिकेट टिमका कप्तान रोहित पौडेलले छाडे विभागीय क्लब आर्मी

काठमाडौं। राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले विभागीय क्लब आर्मी छाडेका छन् । उनले अर्को विभागीय क्लब एपीएफबाट प्रधानमन्त्री कप खेल्ने भएका हुन् । रोहितले केही वर्ष यता आर्मीबाट खेल्दै आए पनि केही दिन अघि मात्रै आर्मी छाडेर एपीएफमा आबद्ध भएको आर्मीका क्रिकेट प्रशिक्षक चन्द्र सावदले जानकारी दिएका छन् ।

राष्ट्र बैंकले आज पनि २० अर्ब निक्षेप खिच्दै

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारबाट आज पनि २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै छ । अधिक तरलताको व्यवस्थापन गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँको निक्षेप सङ्कलन उपकरण जारी गर्ने भएको हो । उक्त बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूको तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने भएको हो ।

मादी नदीमा माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु

दमौली। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले मादी नदी माछा संरक्षण योजना कार्यान्वयन गर्न सुरु गरेको छ । तनहुँको ऋषिङ गाउँपालिका-१ र व्यास नगरपालिका-५को सिमानामा पर्ने सेती नदीमा आयोजनाले निर्माण गर्ने एक सय ४० मिटर अग्लो बाँधका कारण माछाको आवतजावत प्रभावित भई माछालाई क्षति पुग्ने भएकाले यसको परिपूर्तिका

सम्वन्धित समाचारहरु