Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सुन तथा चाँदीका विभिन्न गहना र नगद चोरी


काठमाडौं । गोकर्णेश्‍वर नगरपालिका-४ माकालबारी नजिक बस्ने दुर्गा माया आलेमगरको घरबाट कोही नभएको अवस्थामा सुन तथा चाँदीका विभिन्न गहना र नगद २५ लाख रूपैयाँ गरी करिब ६० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको छ ।

यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-३ गोकर्ण बस्ने गीता राईको घरबाट सुनका विभिन्न गहना तथा नगद समेत गरी करिब ३ लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।

स्याङ्जा, वालिङ नगरपालिका-१० ब्यार्थोक बस्ने टिक बहादुर गुरुङको घरबाट कोही नभएको अवस्थामा नगद ५० हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ८ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ । गुरुङ लगायत उनका परिवार माघ २१ गते भारतमा पेन्सन बुझ्न गई २७ गते घरमा आउँदा चोरी भएको बताइएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २९ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?