काठमाडौँ । राप्रपाले परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । बैठक आज दिउसो दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताएका छन् । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’
बागलुङ।अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प भएका छन् । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । सोमबार मध्यरातमा काँग्रेस गठबन्धन गर्ने सहमति गरेका ओलीले बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार गएका हुन् ।आजै एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् ।
काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएसम्म प्रधानमन्त्रीले कुनै पनि कदम नचाल्ने बताइएको छ। स्रोतका अनुसार सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने अथवा ३० दिनभित्रमा विश्वासको मत लिने भन्ने प्रक्रिया अगाडि बढ्ने बताए ।
काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपा माओवादी केन्द्रसँगको सहकार्य तोडेर नेपाली कांग्रेससँग नयाँ समीकरणका लागि गएराति सहमति भएसँगै पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।
काठमाडौँ । काँग्रेस र एमालेको गठबन्धनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले ‘काले काले मिलेर खाउँ भाले’ भन्दै ब्यङ्ग गरेका छन् । मङ्गलवार(आज) बिहान साहले ‘यो समय गिरिबन्धु चियाको हो, काले काले मिलेर खाऊ भाले’ भन्दै सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका हुन् । उनले कमेन्टमा आफ्नो स्ट्याटसलाई थप प्रष्ट्याउँदै गिरिबन्धुको फाइल खोल्ने
काठमाडौं । नयाँ सत्ता सहकार्यका लागि नेपाली कांग्रेससँग सहमति गरेसँगै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । सरकारबाट बाहिरिने तयारी संगै मन्त्रीहरूले राजीनामा बुझाउने गरी तयारी भइरहेको बताइएको छ। प्रचण्ड सरकारमा उपप्रधा तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोईरालाले उठाउदै आउनु भएका मुद्धाहरु सहित नया सत्ता गठबन्धन स्थापित भएको छ। प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि सहमत भएको बुझिएको छ । कांग्रेस र एमालेबीच भएको सहमतिको प्रारम्भिक खाकाअनुसार:- निर्वाचन क्षेत्रहरू लाई पुनर्विचार गर्ने,स्थानीय तहमा पालिका
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका