काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षण मुद्रणसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरिएको शीतल निवासले जनाएको छ ।
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो । समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको रु २३ बाट बढेर रु २६ पुगेको छ । न्यू शक्ति नून एक किलोको रु १७ रहेकामा बढेर
काठमाडौं । लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका ८ जनालाई न्याय परिषद्ले जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । परिषद्को बैठकले आज उनीहरूको नाम सिफारिस गरेको हो । सिफारिस भएकाहरूको विवरण :
काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस र एमालेको सहमतिलाई व्यंग्य गरेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार चलाउने सहमति भएपछि प्रमुख शाहले लेखेका छन्, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ महानगर प्रमुख बालेनले पछिल्लो समय गिरीबन्धु टी–स्टेटबारे छानबिन हुनुपर्ने माग
काठमाडौ । पत्रकार एवं लेखक गोविन्द मरासिनी गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् । पत्रकारितामार्फत गण्डकी प्रदेशको पर्यटन प्रबद्र्वनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै गण्डकी प्रदेश, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नगदसहित प्रथम पुरस्कार प्रदान गरेको हो । पुरस्कारको राशी नगद रु ५० हजार रहेको छ । विगत १३
काठमाडाैं । नेपाली कांग्रेसले आयोजना गरेको ''क्रान्तिदेखि शान्ति सम्म'' ऐतिहासिक फोटो प्रदर्शनीको समुद्घघाटन तथा अवलोकन गर्नुहुदै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ।
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि असार १९ गते बस्ने भएको छ ।सभापति शेरबहादुर देउवाको निवास, बूढानीलकण्ठमा बिहान ९ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।संघीय संसद्का दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का प्रचार विभाग प्रमुुख प्रमुुख जगन्नाथ खतिवडाले सत्ता परिवर्तनलाई चरम अवसरवादको संज्ञा दिनुुभएको छ। सोमबार मध्य राती संसदको प्रमुुख प्रतिपक्षि दल नेपाली कांग्रेस र प्रचण्ड नेतृत्वको सरकार प्रमुख घटक, संसदको दोस्रो ठूूलो दल नेकपा (एमाले) बीच नयाँ सत्ता समिकरणबारे सम्झौता भएपछि विभाग प्रमुख खतिवडाले उक्त
काठमाडौं । उपसभामुख इन्दिरा राना सात दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गरेकी छन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाईना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर नेशनल कर्पोरेसशन(4th China Xizang Trans -Himalayan Forum for International Cooperation)मा भाग लिन आज अपराहन्न १२
काठमाडौँं । सत्ता फेरबदल भएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसिरहेको छ । बैठकमा पछिल्लो विकसित घटनाक्रम र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ। बैठक बस्नुअघि प्रचण्डले एमालेका अध्यक्ष अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए । प्रचण्ड र ओलीबिच पाँच मिनेट भेट भएको प्रचण्डका सचिवालयले जनाएको छ ।