Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला ।’

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो दुरीको यात्रामा समेत ननिस्किन सबैलाई आग्रह गरेका छन् । उनले सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई आपतकालीन उद्धारका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?