Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

अमेरिकाबाट प्रधानमन्त्रीको आग्रह : सबैले सुरक्षा सतर्कता अपनाउनुहोला


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलेओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अप्नाउन आग्रह गरेका छन् ।

अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले भनेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला ।’

प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेक लामो दुरीको यात्रामा समेत ननिस्किन सबैलाई आग्रह गरेका छन् । उनले सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरुलाई आपतकालीन उद्धारका लागि तयारी अवस्थामा रहन समेत आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका गएका हुन् ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?