Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्  ।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उनले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताएका छन्  । ताप्लेजुङ सरोकार केन्दले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदले विकास निर्माणको कामलाई अघि बढाउने गरी कानून निर्माण गर्ने काममा ध्यान दिने दावी गरेका छन् । उनले विकास, निर्माणको काममा अवरोध आउने खालका तर्कहरु नगर्न पनि सबै पक्षलाई सचेत गराएका छन् ।

सभामुख घिमिरेले भने, म अहिले जुन जिम्मेवारीमा छु । नीति निर्माण गर्ने ठाउँको नेतृत्व गर्ने अथवा त्यसलाई सञ्चालन गर्ने सभामुखको हैसियतमा छु । हाम्रा नीतिहरु कसरी निर्माण भईरहेका छन, अथवा नीतिको अभावमा विकास निर्माणमा के असर परिरहेको छ ? यसको आधारमा हामीले संसदमा विधेयकहरु ल्याउने वा ल्याउन लगाउने र ल्याएका विधेयकहरुलाई छलफल गरेर ऐन बनाउने र ऐनलाई कानून बनाएर कार्यान्वयन गर्नका लागि सरकारलाई सहयोग गर्ने वा सरकारको कामको सर्वेक्षण गर्ने दायित्व नै संसदको हो । प्राईभेट क्षेत्रलाई प्रोत्साहित गर्ने, प्रवद्र्धन गर्ने कामहरु गरेमात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा संसदमा भर्खरै पारित गरेको यही बजेट अधिवेशनको नीति तथा कार्यक्रमले ल्याएको छ । प्राइभेट  सेक्टरका अप्ठयाराहरु के छन भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

सभामुख घिमिरेले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी कानून निर्माण र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्  ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?