Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्न जरुरी छः सभामुख घिमिरे


काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले राष्ट्र निर्माणका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका छन्  ।

चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा पनि निजी क्षेत्रलाई अघि बढाएर मात्रै विकास, निर्माणको कामलाई अघि बढाउने सकिने उल्लेख गरिएको स्मरण गराउँदै उनले सोही नीति अनुसार सरकारले अघि बढ्नुपर्ने पनि बताएका छन्  । ताप्लेजुङ सरोकार केन्दले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसदले विकास निर्माणको कामलाई अघि बढाउने गरी कानून निर्माण गर्ने काममा ध्यान दिने दावी गरेका छन् । उनले विकास, निर्माणको काममा अवरोध आउने खालका तर्कहरु नगर्न पनि सबै पक्षलाई सचेत गराएका छन् ।

सभामुख घिमिरेले भने, म अहिले जुन जिम्मेवारीमा छु । नीति निर्माण गर्ने ठाउँको नेतृत्व गर्ने अथवा त्यसलाई सञ्चालन गर्ने सभामुखको हैसियतमा छु । हाम्रा नीतिहरु कसरी निर्माण भईरहेका छन, अथवा नीतिको अभावमा विकास निर्माणमा के असर परिरहेको छ ? यसको आधारमा हामीले संसदमा विधेयकहरु ल्याउने वा ल्याउन लगाउने र ल्याएका विधेयकहरुलाई छलफल गरेर ऐन बनाउने र ऐनलाई कानून बनाएर कार्यान्वयन गर्नका लागि सरकारलाई सहयोग गर्ने वा सरकारको कामको सर्वेक्षण गर्ने दायित्व नै संसदको हो । प्राईभेट क्षेत्रलाई प्रोत्साहित गर्ने, प्रवद्र्धन गर्ने कामहरु गरेमात्रै राष्ट्र निर्माण गर्न सकिन्छ भन्ने कुरा संसदमा भर्खरै पारित गरेको यही बजेट अधिवेशनको नीति तथा कार्यक्रमले ल्याएको छ । प्राइभेट  सेक्टरका अप्ठयाराहरु के छन भन्ने बारेमा ध्यान दिन आवश्यक छ ।

सभामुख घिमिरेले विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी कानून निर्माण र त्यसको कार्यान्वयनमा लाग्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्  ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?