Trending
>>   नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि तयारी अवधि ३ वर्ष थप >>   तातोपानी नाकालाई नियमित सञ्चालनमा ल्याउन अन्तरमन्त्रालय समन्वय र कुटनीतिक पहल जारीः परराष्ट्र मन्त्रालय >>   वागमतीमा मात्रै बैंकको ५२ खर्ब निक्षेप, कर्णालीमा १ खर्ब ११ अर्ब मात्रै >>   ‘टिमुरे टु त्रिवेणी’ अपरेसन : ११२ शव हस्तान्तरण गरिएको प्रहरीको जानकारी >>   विपद् प्रभावित क्षेत्रमा प्रहरी चौकी पुनःस्थापना तिब्र, शव खोजीमा आधुनिक प्रविधिको अभाव >>   टनेलभित्र ३७ जनाको शव भेटिएको थियो:नेपाली सेना >>   सार्वजनिक ऋण ३० खर्ब नाघ्यो, तीन महिनामै १ खर्ब २३ अर्ब ऋण परिचालन >>   दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई मृत्युदण्ड दिन विशेष अभियोजन पक्षको माग >>   चीनमा ११० रोबोटले एकैसाथ नृत्य गरेर बनाए विश्व कीर्तिमान >>   स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
Logo
१३ कार्तिक २०८३, शुक्रबार
१३ कार्तिक २०८३, शुक्रबार

समाचार


कार्यवाहक प्रधानमन्त्री खड्का भन्छन -“ढुक्क हुनुस कर्णाली विकसित बन्छ !”

सुर्खेत, ११ असोज :कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताउनुभएको छ । भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका–९ गुर्भाकोट सुर्खेतमा उद्घाटन गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक

बालेनको करामत: इन्द्रजात्रा हेर्न राष्ट्रपतिसहित भिभिआईपी र भिआईपी जुद्ध सालिकदेखि पैदलै गद्दी बैठकसम्म !

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकमा गाडिबाट ओर्लेर पैदल सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्नुभएको थियो

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित

११ ,असोज ,काठमाडौँ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत टेबल टेनिसतर्फ आज भएको खेलमा नेपालका सिक्का सुवाल श्रेष्ठ र नविता श्रेष्ठ पराजित भएका छन् । गोन्सु क्यानल स्पोर्टस् सेन्टरमा महिला एकलतर्फ नेपालकी सिक्का जापानी खेलाडी मियु हिरानोसँग ४–० को सोझो सेटमा पराजित भइन् । उक्त खेल जापानी खेलाडी हिरोनोले ११–७,

स्याङ्जामा स्क्रब टाइफस देखियो, विद्यालय बन्द

११ ,असोज ,वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वासमा समस्या हुनेजस्ता लक्षण देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पौडेलले बताए । “विद्यालयमा अध्ययनरत करिब

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी

११ ,असोज ,कटारी (उदयपुर) । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका

१९औँ एसियाली खेलकुद : नेपालको पब्जी टोली दोस्रो चरणमा

११ ,असोज ,हाङझाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत ई स्पोर्टस् विधामा पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा पुगेको छ । हाङझाउ स्पोर्टस् सेन्टरमा आज भएको समूह ‘सी’ को पहिलो चरणमा नेपाल दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो । नेपाल सम्मिलित

जनमत पार्टीले आगामी दिनमा गठबन्धन र एकीकरण गर्दैन : प्रवक्ता यादव

११ ,असोज ,काठमाडौँ । जनमत पार्टीले आगामी दिनमा कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने नीति लिएको छ । सङ्घीय सरकार र प्रदेश सरकारमा सहभागी सो पार्टीले तत्काल कुनै पनि पार्टीसँग एकीकरण पनि नगर्ने भएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन–२०८४’ अभियान सुरु गरेको जनमतले पार्टीलाई देशभर स्थापित गर्न सङ्गठन निर्माणलाई

सुमो चालक आचार्यको शव शङ्कास्पद अवस्थामा फेला

११ ,असोज ,खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुवाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव आज सोही गाउँपालिकाको वडा नं ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्वार) नजिकै मृत फेला परेको हो । चालक आचार्यको

राष्ट्रिय विभूति योगमायाको शालिक अनावरण

११ ,असोज ,विराटनगर । विराटनगर महानगरपालिका–२ सोमबारेमा राष्ट्रिय विभूति योगमायाको अर्धकदको शालिक अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्कीले शालिक अनावरण गर्दै राणा शासनकालमा देशमा भएका अन्याय, अत्याचार, भ्रष्टाचार, जातीय भेद्भाव, छुवाछूत, नारीमाथि गरिने अन्याय, शोषण, सामन्तवाद, सतिप्रथा जस्ता विकृति र विसङ्गति विरुद्ध आवाज उठाउने योगमायाको

दुई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

११ ,असोज ,काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयको ताला दुई महिनापछि खुलेको छ । विद्यार्थी सङ्गठनहरूले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनबीच भएको सहमतिपछि खुलेको हो । विश्वविद्यालय प्रशासन र नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन, नियमबमोजिम गर्ने, विश्वविद्यालयको ऐनबमोजिम

सम्वन्धित समाचारहरु