Trending
>>   आजबाट शुरु हुँदै एनपिएलको उत्सव, लुम्बिनी र सुदूरपश्चिमबीच उद्घाटन खेल >>   चीनमा भूकम्पपछि तीन मिनेटमै १२० विद्यार्थीको उद्धार >>   २,६३४ विन्दुबाट खुल्दै बजारको नयाँ यात्रा, कस्तो रहला आजको सेयर बजार? >>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

समाचार


गृहमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प अब २४ सै घण्टा खुला

काठमाडाैं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो। जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने लामिछानेको सचिवालयले जनाएको छ ।

बाँसबारी जग्गा प्रकरणमा बयान दिएपछि श्रीलंका उडे विनोद चौधरी !

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका उडेका छन् । बाँसबारी जग्गा प्रकरणमा बिहीबार बिहान सरकारी वकील कार्यालयमा बयान दिएपछि चौधरी श्रीलंका उडेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी बिहीबार दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंका गएका हुन् ।

चाैतर्फी दबाबपछि सिडिओले मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह !

काठमाडौं । गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो ।

सभामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान

काठमाडाैं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औं महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् ।

भूमि आयोग खारेज

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो ।

ग्लोबल आइएमई बैंकको ग्रिन ड्राइभ योजना सार्वजनिक, ९.४९ प्रतिशतको स्थिर ब्याजदर

ग्लोबल आइएमई बैंक लिमिटेडले अटो कर्जाअन्तर्गत विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न न्यूनतम् ब्याजदरमा ग्रिन ड्राइभ योजना सार्वजनिक गरेको छ । यस ग्रिन ड्राइभ योजनाअन्तर्गत व्यक्तिगत प्रयोजनको लागि चारपाब्ग्रे सवारी साधन खरिद गर्दा ९.४९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्मको स्थिर ब्याजदरमा कर्जा पाइनेछ । कर्जाको अवधि ५ वर्षसम्मको लागि स्थिर ९.४९ प्रतिशत र

यसरी हिमाल सफा गर्दैछ सेना (फाेटाे फिचर)

काठमाडाैं । नेपाली सेनाको अगुवाईमा सञ्चालन हुने "सफा हिमाल अभियान-२०२४" को पूर्व तयारी स्वरुप सैनिक उच्च शिखर शिक्षालय, कैसाङ्गमा सञ्चालन भएको ‘एक्लीमटाइजेशन तथा प्रि-डिप्लोयमेण्ट तालिम’ को दौरान तालिमरत शिक्षार्थीहरूले थोराङ्ग-ला पासदेखि मुक्त्तीनाथको एक्लेभट्टीसम्म करिब ४५० के.जि. Non-Biodegradable फोहोर संकलन गरेका छन् ।

सहकारी ठगी प्रकरण: गृहमन्त्री लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी !

काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो । रविसहित केही व्यक्ति

बाह्र वर्षपछि ब्याक भयाे फेसबुकको याे फिचर

काठमाडौं । दशबाह्र वर्षअघि चर्चामा रहेको फेसबुकको ‘पोक’ फिचर फेरि आएको छ । धेरै पहिले निकै लोकप्रिय रहेको यो फिचर केही वर्षयता सुस्ताएको थियो । तर अहिले पुनः यसको चर्चा हुन थालेको छ । फेसबुक स्वयंले पछिल्लो केही महिनायता पोक गर्ने संख्या १३ गुणाले बढेको बताएको छ ।

आकाश छुने सुनको मूल्य, बनायाे नयाँ रेकर्ड !

काठमाडौं । सुनको मूल्यमा ९ दिनपछि फेरि नयाँ रेकर्ड बनेको छ । बिहीबार एकै दिन मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेपछि हालसम्मकै उच्च भएको हो । बिहीबार तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँ सुनको मूल्य तय भएको छ । यसअघि बुधबार १ लाख २५ हजार २

सम्वन्धित समाचारहरु