Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

सहकारी ठगी प्रकरण: गृहमन्त्री लामिछानेसहित १८ जनाविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी !


काठमाडौँ । सूर्यदर्शन बचत तथा ऋण सहकारी लिमिटेड ठगी प्रकरणमा १८ जनाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति रवि लामिछाने, पूर्व उप(राष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनलगायत १८ जना विरुद्धको मुद्दामा बिहीबार उजुरी परेको हो ।

रविसहित केही व्यक्ति र संस्थाले पोखरास्थित सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उनीहरूमाथि उजुरी परेको हो ।सहकारी पीडितले यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीमा सोही १६ जना व्यक्ति तथा संस्थाकाविरुद्धमा उजुरी दिएका थिए ।

यता, रविले आफ्नो संलग्नता नरहेको स्पष्टिकरण दिइरहँदा सरकारी पीडितहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । भेटमा सहकारीमा संलग्नतता रही फरार रहेका रविका पूर्व सहकर्मी समेत रहेका जिवी राईलाई पक्राउ गर्ने आश्वासन प्रधानमन्त्री दाहालले दिएका थिए ।


प्रकाशित मिति: ८ चैत्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?