Trending
>>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित) >>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मत्यु

१४ श्रावण, एजेन्सी । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो । मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते

गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी अधिकृतविरुद्ध मुद्दा दायर

१४ श्रावण, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो । आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते

अझै फेला परेनन् सामाखुसीमा बगेर बेपत्ता भएका साजन

१४ श्रावण, काठमाडाैँ । श्रावण ७ गते काठमाडौंको सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका १३ वर्षीय बालक साजन मगर एक हप्ता बित्न लाग्दासमेत अझै फेला परेका छैनन् । खोलाले बगाउँदा बेपत्ता भएका बालकको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तथा गोताखोर टोली तालिमप्राप्त कुकुरको सहयोगमा खोजीकार्यमा

आज माओवादी पदाधिकारी बैठक बस्दै

१४ श्रावण, काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी आइतबार बालुवाटारमा दिउँसो ३ बजे बस्दैछ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले साउन १ गते बस्ने भनिएको केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा आजको पदाधिकारी बैठकमा छलफल हुने जानकारी दिए । उनले भने, “केन्द्रीय समितिको बैठकको तयारी सम्बन्धमा हो । एजेण्डा

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

१४ श्रावण, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका– ५ खैरबन्नीमा मामाघर आएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । यसरी डुबेर मृत्यु हुनेमा सर्लाहीको गोडैता नगरपालिका ९ बस्ने महेश मलिक डोमको ५ वर्षकी छोरी चञ्चला कुमारी मलिक डोम र भारतको सीतामढी बथनाहा बस्ने राम भजन मलिकको छोरी वर्ष ४ की अर्चनाकुमारी

अदालतले दोषी ठहर गरेमात्रै पार्टीले कारबाही गर्छः प्रकाशमान सिंह

१४ श्रावण, चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले काराबाही गर्ने बताएका छन् । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले आरोप लाग्दैमा कारबाही गरिहाल्नुपर्छ भन्ने नरहेको स्पष्ट पारे । उनले

कांग्रेस अझ बलियो भएको छ : नेता महर

१४ श्रावण, चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन् । आज चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताए । उनले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने

प्रधानमन्त्री र केपी ओलीबीच भेटवार्ता

१४ श्रावण, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान उनीहरूबिच भेटवार्ता भएको हो । उनीहरूबिच समसामयिक राजतीनिक घटनाक्रम र संसदको अवरोध हटाउन विषयमा कुराकानी भएको बताइएको छ । नेकपा एमालेले सुन तस्करीको सत्यतथ्य छानबिन गर्न माग राख्दै

साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

१४ श्रावण, काठमाडाैँ । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय

सुन तस्करी प्रकरण : ठमेलको होटलबाट एक जना पक्राउ

१४ श्रावण, काठमाडाैँ । सुन तस्करीमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले ठमेलको होटल भियनाबाट एक जना सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको जानकारी दिइएको छ । उक्त होटलमा राजश्व अनुसन्धानको टोलीले छापा समेत मारेको बताइएको छ । सुन तस्करी प्रकरणमा १८ जना पक्राउ परिसकेका

सम्वन्धित समाचारहरु