काठमाडौँ।नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् । बिहीवार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीयस्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली कांग्रेसको केन्द्रिय योजनामा समेट्नुपर्ने बताएका छन् ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यसवर्ष छठ पर्व मनाउन जनकपुरधाममा सर्वसाधारणको घरमा बसेर विधिपूर्वक मनाउने भएका छन् । सभापति लामिछानले जनकपुरधामस्थित गङ्गासागरमा छठ मनाउने र पार्टीसँग असम्बन्धित सर्वसाधारण नागरिकको घरमा बसेर छठका सम्पूर्ण विधिमा सहभागी हुने तयारी गरेको रास्वपाका नेता मनिष झाले जानकारी दिएका छन् ।
काठमाडौँ। सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । खोलाको बीचमा खाल्डो खनेर लुकाइएको अवस्थामा २३१ किलो ८०० ग्राम गाँजा फेला परेको हो । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गाँजा लुकाइएको विशेष सूचनाका आधारमा प्रहरीले राति करिव १ बजे खोजतलास गरेको
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ले नेपाल र भुटानले संयुक्त रूपमा प्रस्ताव गरेको पर्वतीय क्षेत्र र पृथ्वीको तापक्रम वृद्धिसँगै त्यसले हिमाली क्षेत्रमा पार्ने प्रभावसम्बन्धी विषयमा सम्मेलनमा घनीभूत छलफल गर्ने बाटो खोलेको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलनमा आगामी दुई वर्ष जलवायु
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । नेपाली काँग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले कुनै विचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्षमा पुग्न नहुने बताएका हुन् । उनले गगन थापा र
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा घृणा र विध्वंशको प्रवृत्ति त्यागेर निर्माण तथा सकारात्मक सोचको विकास गर्नुपर्ने बताएका छन् । सोमवार भक्तपुरमा नेकपा एमाले जिल्ला कमिटी भक्तपुरले बडादशैँ, शुभदीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाईएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने मेलाको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सरकारले नागरिकलाई प्लास्टिक झोलामुक्त समाज निर्माण गर्न आग्रह गरिरहेको अवस्थामा सरकारी पक्षबाटै सञ्चालित स्टलहरूमा प्लास्टिकका झोला
काठमाडौं । उत्कृष्ट ब्याटिङ प्रेरणामा काठमान्डु गोर्खाजले लगातार चौथो जित रच्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफको बलियो दाबेदारी दिएको छ । कीर्तिपुरमा सोमबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि १० रनको जित निकाल्यो । काठमान्डुको जितमा साहान आराचिगेले अलराउन्ड प्रदर्शन गरे । पाँचौं खेलमा लगातार चौथो जित निकाल्दै
पोखरा ।पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित लीला आधारभूत विद्यालय नजिकै भएको मोटरसाइकल दुर्घटनामा स्थानीय सुरेश लामिछानेको मृत्यु भएको छ । पिच सडकबाट अनियन्त्रित भई करिव दुई मिटर तल खसेको अवस्थामा मोटरसाइकल र चालक लामिछाने मृत फेला परेपछि स्थानीय क्षेत्रमा त्रास बढेको हो । आईतवार बिहान लीला आधारभूत विद्यालय नजिकै क्षतविक्षत अवस्थामा पल्सर
काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन भएको छ । शनिवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले चार जना प्रश्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेको हो । बैठकमा प्रश्तावित न्यायाधीशहरुको नाम समिति समक्ष अनुमोदन गर्दै समितिका सभापति वोधनारायण श्रेष्ठले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि प्रश्तावित