Trending
>>   ‘पार्वतीले सराप दिएपछि देवता जन्मिन छाडे, अहिले नक्कली भगवान जन्मिएर हैरान छ’:केपी ओली >>   स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँः मुख्यमन्त्री पाण्डे >>   बालेन्द्र सरकार राष्ट्रियता र जनजीविकाको सवालमा पूर्णतः असफलः लेखनाथ दाहाल >>   हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा >>   ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागि हुने >>   ‘एनपीएललाई आधार बनाएर स्पोर्ट्स टुरिजमलाई योजनावद्ध रुपमा अघि बढाउनुपर्छ’ >>   सुदूरपश्चिम रोयल्समाथि लुम्बिनी पूर्ण हाबी >>   तेस्रो एनपिएल सिजनको भव्य शुरुवातः लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ >>   नेपाल प्रिमियर लिग (एनपीएल): नेपाली क्रिकेटको व्यावसायिक उडान र बढ्दो क्रेज >>   नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट शुरु
Logo
१२ कार्तिक २०८३, बुधबार
१२ कार्तिक २०८३, बुधबार

समाचार


बाढी पहिरोमा परेर देशभर ३० जनाको मृत्यु, ११ जना बेपत्ता

काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छभने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ

त्रिशूलीको बाढीले झोलुङ्गे पुल बगायो, तीन उच्च जोखिममा

गोरखा। अविरल वर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् । गोरखा र धादिङ तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव

सतर्कता अपनाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिबाट जोगिन सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । साथै उनले प्राकृतिक विपत्ति सबैको साझा चुनौती भएकाले मिलेर त्यसको सामना गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री ओलीले शनिबार सामाजिक सञ्जालमार्फत देशभरि अविरल वर्षाले

पहिरो खस्दा ललितपुरमा चार जनाको मृत्यु, महाङ्काल मा प्रहरी चौकी बग्यो

ललितपुर। अविरल वर्षापछि पहिरो खस्दा ललितपुरको टाहाखेलमा दुई जनाको मृत्यु भएको छ भने गोदावरी नगरपालिका–३ टौखेलमा ढिस्कोले पुरिएर बाबु र छोरीको मृत्यु भएको छ । गोदावरी नगरपालिका–१० का वडाध्यक्ष शेखर न्यौपानेका अनुसार टाहाखेलमा पहिरोले पुरिएर ५० वर्षीया महिला र आठ वर्षीया बालिकाको मृत्यु भएको छ । गोदावरी–३ का वडाध्यक्ष सानुराजा

अविरल वर्षासँगैको बाढी र डुबानले काठमाडौं जलमग्न

काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका वागमती, नख्खु, बल्खु, हनुमन्ते, विष्णुमती नदीमा बाढीको उच्च बहाव छ । मनोहरा, घट्टेखोला लगायतका खोलाहरुका कारण सडक र बस्ती डुबानमा

भारी वर्षाका कारण देशभरका सबै उडान प्रभावित

काठमाडौं । अविरल परेको अति भारी वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशभरका राष्ट्रिय हवाइ उडान प्रभावित भएका छन् । यसैगरी,देशभरका सम्पूर्ण उडान प्रभावित बनेपनि अन्तर्राष्ट्रिय उडान भने भइरहेको छ।

उद्धार तथा राहतमा खटिन गृहमन्त्रीको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताउदै उनले विपदमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मन्त्री लेखकले सरकाले उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न गम्भीर रहेको बताउदै उनले देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताएका छन् । बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताएका छन् कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो

त्रिभुवन विश्वविद्यालयमा कृषिको स्नातक तहको प्रवेश परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। अविरल वर्षाका कारण त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीलाई आवतजावत गर्न समस्या भएपछि परीक्षा स्थगित गरिएको हाे।  

काठमाडौं नागार्जुनमा घर भत्किँदा एकजनाको मृत्यु, ३ जना पुरिए

काठमाडौं ।  नागार्जुन नगरपालिका वडा नं. ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्किँदा ५५ वर्षका पुरुषको मृत्यु भएको छ भने तीन जना पुरिएको जानकारी प्राप्त भएको छ । उद्धारका लागि सशस्त्र प्रहरी मुख्यलयबाट एम्बुलेन्ससहितको टोली परिचालन गरिएको छ

सम्वन्धित समाचारहरु