Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ: कार्यवाहक प्रधानमन्त्री सिंह


काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटनाबाट जनधनको क्षति हुन नदिन तीन तहकै सरकारले समन्वय गरेर काम गरिरहेको बताएका छन् ।

बिहीवारबाट अविरल जारी वर्षापछि देशभरका विभिन्न स्थानमा ठूलो क्षति पुगिसकेको भन्दै सरकारले आवश्यक पहलकदमी गरिरहेको बताएका छन् कार्यवाहक प्रधानमन्त्री सिंहले अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु भएको र ठाउँठाउँमा पहिरो, बाढी आइरहेको भन्दै शतर्क रहन आग्रह गरेका छन् । उनले सरकारले मोबाइलमा उच्च जोखिम रहेका क्षेत्रका बासिन्दाहरुका लागि सूचना संप्रेषण गर्नुका साथै सञ्चारमाध्यमबाट पनि सूचना जारी गरेको उल्लेख गर्दै उनले सडक सञ्जाल, पुलहरु बाढीले बगाएको र पहिरोका कारण सडक भासिएको हुनसक्ने भन्दै लामो यात्रा नगर्न र धैर्य धारण गरी सुरक्षित स्थानमा रहन आम नागरिकहरुसँग आग्रह गरेका छन् ।

सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर नागरिकको सुरक्षाका लागि काम गरिरहेको बताउदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोन संवाद जारी रहेको र देशको विपद्बारे जानकारी गराएको बताएका छन् । प्रधानमन्त्री ओलीले सुरक्षा निकायलाई जनताको सुरक्षाका लागि खटाउन र आवश्यक व्यवस्थापन गर्न निर्देशन दिनुभएको जानकारी गराएका छन्

उनले भने, ‘अविरल वर्षाका कारण देशका विभिन्न भागमा धेरै ठूलो क्षतिहरु ठाउँठाउँमा पहिरोदेखि लिएर बाटोको कटान भएका कारणले र पानीको वहाव अनियन्त्रित रुपमा बढेको कारणले गर्दा अवस्था वर्षातको कारणले नाजुक छ । हामी सबै त्यसमा अलर्ट हुनुपर्ने अवस्थामा छ । अहिले खासगरी नेपाल सरकारको तर्फबाट सबै निकायहरुलाई परिचालित गरेर समयसमयमा सामाजिक सञ्जालको मार्फत, सञ्चारमाध्यमको मार्फत सबै ठाउँमा त्यहाँको स्थानीय अवस्थाको बारेमा जानकारी गराउने र अलर्ट हुनुपर्नेलाई सजग हुुनपर्छ भनेर सूचना जारी गरिरहेको छ । वर्षातले गर्दा जनधनको क्षति भएको छ । त्यसमा खास गरी यो अवस्थाबाट डिजास्टर म्यानेजमेण्टको समितिले एक्टिभाइज गरी सबैलाई अलर्ट गराउने र त्यसमा पनि सुरक्षा निकायलाई मात्रै होइन, स्थानीय तहबाट पनि र हरेक प्रदेश सरकारले मिलेर अहिलेको वर्षातको कारणले गर्दा जुन समस्या उत्पन्न भएको छ त्यसको समाधान गर्न सबै मिलेर गर्नुपर्छ । सम्माननीय प्रधानमन्त्रीज्युसँग टेलिफोनमा वार्ता भइरहेको छ । यहाँको बारेमा अवस्थाको बारेमा जानकार हुनुहुन्छ । सम्बन्धित निकायलाई गृहमन्त्रीदेखि लिएर योसँग सम्बन्धित मन्त्रालय र मन्त्रीलाई बोलाएर कुरा गरेर जनतालाई बढी जनधनको क्षति हुन नदिने काममा आवश्यक काम अघि बढाइरहेका छौँ ।’

कार्यवाहक प्रधानमन्त्री सिंहले जनतालाई सुरक्षित राख्न रर थप क्षति हुन नदिने गरी सरकारले आवश्यक काम गरिरहेको बताएका छन्। बिहीवारदेखि भएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ । उपत्यकाका नदीहरुमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ भने उपत्यकाका सडकहरु जलमग्न छन् । नदी किनारका बस्तीहरुमा बाढी पसेको छ । उपत्यका भन्दा बाहिर पनि सडकहरु बाढीले बगाएको छ । जनधनको क्षति भइरहेको छ ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?