Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

उद्धार तथा राहतमा खटिन गृहमन्त्रीको निर्देशन


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभर भारी वर्षाका कारण जनधनको क्षति भइरहेको खबरले आफू स्तब्ध भएको बताउदै उनले विपदमा परेर ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

मन्त्री लेखकले सरकाले उद्धार, बेपत्ताको खोजी, राहत, घाइतेको स्वास्थ्य उपचार गर्न गम्भीर रहेको बताउदै उनले देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै वर्षाले जनधनको क्षति हुने जोखिम भएकाले सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह समेत गरेका छन् ।

सबैलाई आफू नजिक जोखिममा रहेका व्यक्तिलाई सहयोग गर्न उनको अपिल छ । उनले यस विपद्को घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई तदारुकताका साथ बेपत्ताहरूको खोजी, पीडितलाई राहत तथा उद्धारमा खटिन निर्देशन समेत दिएका छन् ।


प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?