Trending
>>   ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउनेसम्बन्धी जरुरी महत्वको प्रश्ताव राष्ट्रिय सभामा दर्ता >>   नेपाल औषधि लिमिटिडसँग जिटुजीमार्फत औषधि खरिद गर्ने स्वास्थ्य मन्त्रालयको तयारी >>   बालिकादेखि वृद्धा महिलासम्म असुरक्षित महशुस गर्नुपर्ने अवस्था राष्ट्रकै लागि लाजमर्दो हो, सरकार गम्भिर बनोस्ः सांसद… >>   नागरिकको आवश्यकतालाई सम्बोधन गर्नेगरी नीति निर्माण हुनुपर्छः मन्त्री पौडेल >>   देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री ओली >>   नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था >>   राष्ट्रिय जनसंख्या नीति,२०८२ सार्वजनिक >>   सचिव पुष्करको प्रश्नः ठूला बडाका सन्तानहरु उतैको ग्रिन कार्ड लिएर बस्दा पलायन नहुने ? >>   कुर्दिश सेनालाई राष्ट्रिय सेनामा समायोजन गर्न आग्रह >>   भोन डेर लेयन अविश्वासको मतबाट बच्न सफल
Logo
२७ असार २०८२, शुक्रबार
२७ असार २०८२, शुक्रबार

समाचार


१० दलीय गठबन्धनको बैठक सुरू, मन्त्रालयको भागबन्डा नै मुख्य एजेन्डा

१५ चैत्र, काठमाडाैँ । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको ल्याउने साझा न्यूनतम साझा कार्यक्रमलगायतका विषयमा छलफल भइरहेको छ । यसअघि मंगलबार बसेको बैठकमा सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बाँडिएको थियो । दलहरुले अध्ययन गरेर जारी बैठकमा सहभागी भएकाले उनीहरुको सुझाव

मोटरसाइकल दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु, छोरी गम्भीर घाइते

१५ चैत्र, ललितपुर । ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी गम्भीर भाइते भएकी छिन् । ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती

अव्यवस्थित बसोबासीलाई जग्गा धनी पुर्जा

१५ चैत्र, बुटवल। बुटवल उपमहानगरपालिका–७ का सात जना अव्यवस्थित बसोबासीले जग्गा धनीपुर्जा पाएका छन् । बुटवल उपमहानगरपालिकाको सिफारिसमा राष्ट्रिय भूमि आयोग रुपन्देहीले तयार पारेको पुर्जा आज बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वितरण गरे । लालपुर्जा वितरण गर्दै प्रमुख पाण्डेयले बुटवलभित्रका अव्यवस्थित बसोबासीलाई लालपुर्जा प्राप्तिका लागि सबै प्रक्रियामा सहयोग गर्ने बताए

मधेस प्रदेश सरकारले गर्यो मन्त्रालयको नाम हेरफेर

१५ चैत्र, जनकपुर। मधेस प्रदेश सरकारले मन्त्रालयको नाम हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली–२०७९ को अनुसूचीमा हेरफेर गर्दै प्रदेशका मन्त्रालयको नाम समायोजन गरेका छन् । मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको सङ्ख्या ११ नै यथावत् राख्दै मन्त्रालयको नाम हेरफेर तथा समायोजन गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

१५ चैत्र, मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका–८ साततले राजबास पुलमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको बा२५प १९०८ नंको मोटरसाइकलले ठक्कर दिँदा बागमती–८ खजुरीदमारका ५० वर्षीय दिलबहादुर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । मोटरसाइकलको

‘सिनेमा साइबर सेक्युरिटी’को डेस्क सञ्चालन गर्ने तयारीमा चलचित्र बोर्ड

१५ चैत्र, काठमाडाैँ । चलचित्र विकास बोर्डले हटलाइन नम्बरसहितको ‘सिनेमा साइबर सेक्युरिटी’को डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ । मंगलबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा प्रविधि विकासको काम सुरू भएको र साइबर सुरक्षासँगै डिजिटल प्रविधिमा लैजाने योजना ‘डेमोस्ट्रेसन’ गरिएको बोर्ड अध्यक्ष भुवन केसीले बताए । “टिकटक, युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालका माध्यमबाट

बिमाको रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

१५ चैत्र, बागलुङ। निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर

चैतेदशैँमा सोमेश्वरगढी र गोद्धकमा भक्तजनको घुइँचो

१५ चैत्र, भरतपुर । चितवनका धार्मिक तथा पर्यटकीयस्थल विक्रमबाबा, सोमेश्वरगढी र गोद्धकमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यी शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । चैतेदेशैँको नवरात्र सुरु भएदेखि नै यहाँ नेपालका विभिन्न जिल्ला र भारतबाट समेत भक्तजन आएका छन् । हरेक वर्ष

बसाइँसराइले रितिदै जैमिनीका गाउँ

१५ चैत्र, बागलुङ। दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो । आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे । पहिराेले आक्रान्त बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए । बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ । सोही वर्ष जैमिनी–९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी

अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

१५ चैत्र, बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए । मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले

सम्वन्धित समाचारहरु