Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
३० पुष २०८२, बुधबार
३० पुष २०८२, बुधबार

राष्ट्रिय योजना आयोगले पायो पूर्णता


२१ जेठ, काठमाडाैँ । नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा मिनहादुर श्रेष्ठसमक्ष पद तथा गोपनियताको शपथ लिए । यही जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको महिला सदस्यका रुपमा ढुङ्गानालाई नियुक्त गरेको थियो । सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय ढुङ्गानासँग संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) मा समेत काम गरेको अनुभव छ । उनले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसक्नुभएको छ ।

यसअघि आयोगको सदस्यमा डा रामकुमार फुयाँल, डा जयकान्त राउत, डा प्रभु बुढाथोकी, डा आरपी विच्छा र डा रमेश पौडेल नियुक्त भइसकेका छन् । नवनियुक्त सदस्य ढुङ्गानाले आयोगमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएका छन् ।

यसअघि नियुक्त भइसक्नुभएका सदस्यमध्ये डा फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्याङ्क साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ ।

यसैगरी डा बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा विच्छालाई स्वास्थ्य तथा जनसङ्ख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?