Trending
>>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

सेक्सले पायो खेलकुदको मान्यता, स्विडेनमा ‘सेक्स च्याम्पियनसिप’ आयोजना हुने


२१  जेठ, एजेन्सी । संसारका कतिपय देशहरूमा याैन अत्यन्तै संवेदनशील छ । मानिसहरू खुल्ला रूपमा कुरा गर्न पनि असहज मान्छन् । तर, युरोपेली मुलुक स्विडेनमा भने याैनलाई खेलको मान्यता दिइएको छ ।

याैनले खेलको मान्यता पाएसँगै स्विडेनले युरोपियन सेक्स च्याम्पियनसिप नै आयोजना गर्ने भएको छ। स्विडिस सेक्स फेडेरेसनले आगामी जुन ८ देखि यो प्रतियोगिता आयोजना गर्ने भएको हो।

यो प्रतियोगिता केही हप्तासम्म चल्ने र प्रत्येक दिन ६ घण्टा सञ्चालन हुनेछ। रिपोर्टका अनुसार प्रतियोगिहरूले आफ्ना पार्टनरसँग याैन कला देखाउन ४५ मिनेटको समय पाउनेछन्।

अहिलेसम्म विभिन्न देशका २० प्रतिस्पर्धीले यस प्रतियोगितामा सहभागि हुने आवेदन दिएका छन् ।

अडियन्स रेटिङ र तीन जना सम्मिलित निर्णायक मण्डलले याैन च्याम्पियनसिपको विजेताको टुंगो लगाउनेछन्।  प्रतिस्पर्धीहरूले विभिन्न १६ विधामा प्रतिस्पर्धा गर्नेछन् भने हरेक विधामा ५ देखि १० अङ्क प्राप्त गर्न सक्नेछन् ।

आयोजकले खेलकुदका अन्य विधामा जस्तै याैनमा पनि उत्कृष्ट नतिजा ल्याउन कडा परिश्रम र मेहनत आवश्यता रहेको बताएको छ । यस प्रतियोगितामा जुनसुकै लिङ्गका व्यक्तिहरू पनि सहभागि हुन पाउने बताइएको छ।


प्रकाशित मिति: २१ जेष्ठ २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?