३० वैशाख, काठमाडाैँ । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन आज परिपत्र जारी गरेको छ । आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको सो पार्टीले जनाएको छ ।
३० वैशाख, काठमाडाैँ । न्याय सेवा आयोग मातहतका ठूलो संख्यामा कर्मचारीहरूको सरूवा भएको छ । आयोगले न्याय सेवा, कानुन र सरकारी वकिलतर्फका ठूलो संख्यामा अधिकृतहरूको सरुवा गरेको हो । शुक्रबार बसेको आयोगको बैठकले ६६३ जना सहसचिवदेखि अधिकृत तहसम्मका कर्मचारीको सरुवा गरेको विज्ञप्तीमार्फत जानकारी दिएको छ । त्यस्तै, दुई दर्जन बढी
३० वैशाख, झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो। परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति
३० वैशाख, काठमाडाैँ । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । शुक्रवार बसेको बढुवा समितिको बैठकले एसपी बढुवामा सिफारिस हुनेहरूको नाम सार्वजनिक गरेको हो ।
३० वैशाख ,काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ नामक चक्रवातको नेपालमा उल्लेखनीय प्रभाव नरहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उक्त चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएर उत्तर–उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै
३० वैशाख ,चितवन । जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी कलेज अफ म्यानेजमेन्ट साइन्सेसले विश्वविद्यालय अनुदान आयोगको ‘एनइएचइपी’ परियोजनाअन्तर्गत उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्न लागेका हुन् । विश्वविद्यालयले माग गरेको
३० वैशाख ,बेलबारी (मोरङ) । विगत वर्षमा वैशाख पहिलो सातादेखिनै जङ्गलमा पाइने निगुरो सुक्खा खडेरीले यो वर्ष फस्टाउन सकेको छैन । जङ्गलको निगुरो टिपेरै गुजारा चलाउनेले विकल्प भेट्टाएका छैनन् । मोरङको उत्तरी भेगको जङ्गलमा वर्षायाममा प्रशस्त मात्रामा निगुरो पाइन्छ । यहाँको निगुरो काठमाडौँसमेत जान थालेपछि माग ह्वात्तै बढेको छ तर
३० वैशाख ,सिन्धुपाल्चोक । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए । सामान्य
३० वैशाख ,त्रिवेणी । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो । नवलपुरका आठ वटा पालिकामध्ये हाल तीन वटा पालिकामा जग्गा नापीको
३० वैशाख ,वालिङ । सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देखेको फल लाग्ने चार वटा विरुवा घरमा ल्याए । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उनमा थिएन