Trending
>>   धनराज गुरुङको प्रश्नः सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? >>   गगन–विश्वप्रकाशलाई सहमहामन्त्री परियारको जवाफः ‘पार्टी व्यक्तिगत कम्पनी होइन, बहुमतको निर्णय मान्नैपर्छ’ >>   शेखर कोईरालाले विशेष महाविधेशन पक्षधरहरुसँग छलफल गर्ने >>   मामदानी न्युयोर्क शहरको पहिलो मुस्लिम मेयरको रूपमा शपथवद्ध >>   स्विट्जरल्याण्डको बारमा भीषण आगलागीः ४० जनाको मृत्यु, ११९ घाइते >>   डा. सुनिल शर्माले रतुवामाईको सामुदायिक विद्यालयमा ४ करोडको भवन निर्माण गरिदिने >>   काठमाडौं–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने राप्रपा नेतृ कुन्ती पोखरेलको घोषणा >>   दक्षिण कोरियामा सवारी दुर्घटनाः १ जनालाई हृदयघात, ६ घाइते >>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला
Logo
१९ पुष २०८२, शनिबार
१९ पुष २०८२, शनिबार

समाचार


गत हप्ता दुर्घटनाग्रस्त चिनियाँ डुङ्गाका १४ व्यक्ति मृत अवस्थामा फेला

१० जेठ, एजेन्सी । श्रीलङ्काको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुङ्गाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ । मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुङ्गामा भेटिएको हो ।

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने पक्राउ

१० जेठ, पोखरा । सामाजिक सञ्जालको अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–१९ पुरनचौर बस्ने २१ वर्षीय मनिष भुजेललाई प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । भुजेलले सामाजिक सञ्जाल इस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाईफुल्याई अश्लील

शिवशिखर सहकारी ठगी प्रकरणः चार जिल्लामा कागजात सङ्कलन गर्दै प्रहरी

१० जेठ, कञ्चनपुर । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् । शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात सङ्कलन गरिरहेको छ । उक्त

१५ गतेसम्म छात्रवृत्ति वितरणको विवरण पठाउन काठमाडाैँ महानगरको निर्देशन

१० जेठ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति वितरणको विवरण पठाउन परिपत्र जारी गरेको छ । महानगरको शिक्षा विभागले आज एक सूचना प्रकाशित गरी संस्थागत विद्यालयले शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति यही जेठ १५ गतेसम्म वितरण गरी १६ गते

नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ५० खर्ब चाहिन्छ : सांसद आले

१० जेठ, काठमाडाैँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वनयका लागि करिब रू ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने धारणा सांसद प्रेमबहादुर आलेले राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद आलेले मुलुक गम्भीर आर्थिक सङ्कटमा

३ महिनापछि संसद बैठकमा उपस्थित भए चन्द्र भण्डारी

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन् । उनले बुधबारको संसद बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे धारणा व्यक्त गरेका छन् । भण्डारी ३ महिनापछि संसद बैठकमा उपस्थित भएका हुन् । उनी फागुन ३ गते आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी

भ्रष्टाचारविरुद्ध सडक र सदनबाट अभियान चलाउँछौँ : ज्ञानेन्द्र शाही

१० जेठ, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता एवं सांसद ज्ञानबहादुर शाहीले आफ्नो दलले भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद शाहीले राप्रपाले रचनात्मक ढङ्गले संसद् र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान चलाउने बताएका हुन्

बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

१० जेठ, हेटाैँडा । हेटौँडामा यात्रुबाहक बसले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान मकवानपुरको मनहरि गाउँपालिका–६ नयाँ बस्तीस्थित पूर्व–पश्चिम सडक खण्डमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ख १७४० नं को यात्रुबाहक बसले ठक्कर दिँदा मनहरि–७ का ६० वर्षीया मनमाया स्याक्तानको मृत्यु भएको मकवानपुर प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले

कति छ गण्डकी प्रदेशको जनसंख्या ?

१० जेठ, पोखरा । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या २४ लाख ६६ हजार चार सय  २७  रहेको छ । राष्ट्रिय जनगणना २०६८ मा गण्डकी प्रदेशको अन्र्तगतका जिल्लाको जनसङ्ख्या २४ लाख तीन हजार सात सय ५७ थियो । तथ्याङ्क कार्यालय कास्कीले मङ्गलबार पोखरामा एक कार्यक्रमको आयोजना गरी  प्रदेशका

भुटानी शरणार्थी प्रकरणमा नाम आएका घरको होस् कि बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ: गगन थापा

१० जेठ, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि

सम्वन्धित समाचारहरु