Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

चलचित्र निर्देशनको तयारीमा जेम्स


५ असार, काठमाडाैँ । नेपाली गीतसङ्गीतमा गायक जेम्स प्रधान स्थापित नाम हो । तीन दशकदेखि गायनसँगै सङ्गीतकार, एरेन्जर, गीतकार, विज्ञापन निर्माताका रुपमा परिचित प्रधान निर्देशक पनि बनेका छन् । छोटो चलचित्र ‘सर्ट टर्म मेमोरी लस’ मार्फत निर्देशकीय यात्राको प्रारम्भ गरेका उनले ठूलो पर्दाका लागि चलचित्र निर्देशन गर्ने योजना सुनाए ।

“यी छोटा चलचित्रको निर्देशनलाई खुड्किलोका रुपमा बुझ्न सक्नुहुनेछ । किनकि म फरक फरक काममा आफूलाई प्रस्तुत गर्न चाहन्छु”, गायक प्रधानले भने, “मैले कागजमा धेरै कथा कोरिसकेको छु, त्यसलाई मूर्तरुप भने दिन सकेको छैन । निकट भविष्यमा मेरो निर्देशकीय क्षमतालाई ठूलो पर्दामा समेत प्रस्तुत गर्न चाहन्छु ।”

छोटो चलचित्रका लागि तयार गरिएको कथालाई उनले साङ्गीतिक भिडियोको स्वरूपसमेत दिएका छन् । “यो पनि मेरो एक प्रकारको भिन्नता दिने प्रयास नै हो । कथा एक हो तर यसलाई दुई प्रकारले प्रस्तुत गरेको छु”, गायक प्रधानले भने । आफूले धेरै चलचित्र हेर्ने भएकाले पनि निर्देशनमा रुचि बढेको उनले बताए ।


प्रकाशित मिति: ५ असार २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?